पर्वतको जलजला गाउँपालिकामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमतिकोृ कन्ट्राक्ट ट्रेसिङको क्रममा स्वाब संकलन गरी क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा एक २७ वर्षिया महिला तथा २५, २५, ५३ र २८ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

म्याग्दीको सदरमुकाम बेनीसँगै सिमाना जोडिएको जलजलामा धमाधम कोरोना पुष्टीले बेनीबजार आसपासका क्षेत्रमा समेत जोखिम बढेको छ। जलजलामा संक्रमणको लक्षण देखिएकाहरुलाई लक्षित गरी एक घर एक पिसिआर सहितको अभियान समेत सञ्चालन भइरहेको छ।

म्याग्दी सदरमुकाम बेनी र पर्वतबेनीमा पछिल्लो समय धमाधम संक्रमति भेटिन थालेका छन् । देशका विभिन्न जिल्लाबाट म्याग्दी तर्फ आएकाहरु कालिपुलको होल्डिङ सेन्टरमा परिचय सहितको विवरण दिनुपर्ने भन्दै झोलुङे पुल तरेर बेनी तर्फ आउने गरेका छन् । यो सँगै पर्वतमा कोरोना संक्रमितको संख्या साढे ३ सय नाघेको छ ।

Leave a Reply