म्याग्दीको धौलागिरि गाउँपालिका-६ मराङ जन्मिएकी गायिका विष्णु जुग्जालीको ‘मुसुक्कै हासन’ बजारमा आएको छ । लोकभाका र दोहारी गीतमा आफ्नो पहिचान बनाउन सफल भएकी जुग्जाली र कुमार गन्र्धवको स्वर रहेको गीतको डाइरेक्टर मौसम हिमाली, प्रडुसर महेन्द्र शेरचन र धनु रानाले गरेका छन् ।मायाँप्रेमसँग सम्बन्धि गितमा चर्चि मोडेल अञ्जली अधिकारी र धुब्र हिमालीले गरेका छन् । आफ्नै यूटुव च्यानलबाट सार्वजनिक भएको गितबाट राम्रो प्रतिक्रिया प्राप्त गरेको जुग्जालीले बताईन् । यसभन्दा अगाडी जुग्जालीले सालैजो भोकामा समेत म्यूजिक भिडियोमार्फत नै आफ्नो प्रस्तुती सार्वजनिक गरेकी छन् ।

उनको जहाज चढी भन्नै मौलिक सालैजो भाका निकै चर्चित भएको थियो । रोजगारको शिलशिलामा घरपरिवार र आफनो मायालाई छोडेर विदेशमा गएका तथा ब्यवहारीक मौलिक घटनाहरुको शब्दलाई समेटेर गीत सार्वजनिक गर्ने गरेकी छन् ।

Leave a Reply