म्याग्दीको सदरमुकाम बेनीदेखि पोखरा चल्ने ट्याक्सीमामालढुंगासम्म यात्रा गरेका एक यात्रुले १२ सय भाडा तिरे । विगतमा ६ सय रुपैयाँमा बागलुङसम्म जाने गरेका यात्रुलाई मालढुंगामै चाडपर्व भन्दै ट्याक्सी ब्यवसायीले १२ सय भाडा मागेपछि केहीबेर विवाद गरेपछि तिरेर हिडे ।

मालढुंगाबाट बागलुङसम्म थप डेढ सयसम्म असुल्ने गरेको यात्रुको गुनासो छ । कोरोनाको जोखिममा सवारीसाधन चलाउनुपर्ने, यात्रु नपाउँदा रित्तै फर्किनुपर्ने भन्दै ट्याक्सी ब्यवसायीले मनपरी भाडा असुल्ने गरेको पाइएको छ । चाडपर्वको मौकाछोपी बेनी–पोखरा रुटमा चल्ने ट्याक्सीले रिजर्वमा ६ हजारसम्म भाडा असुल्ने गरेको यात्रुले गुनासो गरेका छन् ।

चाडपर्वमा विषेश शुल्क लाग्ने भन्दै ट्याक्सीले ६ हजारसम्म् भाडा लिने गरेपनि सम्बन्धित निकायले चासो देखाउने गरेका छैनन् । ‘धेरै यात्रु ठगिएका छन्,‘चाडपर्वमा ट्राफिकको चेकजाँच पनि देखिएन’ एक यात्रुले भने । उनले बेनी–मालढुंगा सडकमा छड्के चेकजाँच गर्दा नै अवस्था छर्लङ हुने बताए ।

सरकारले प्रति यात्रु भाडादर बृद्धि गरेको भन्दै यात्रुसँग पैसा लिने गरेका छन् । चाडपर्वको बेलामा बेनीबाट पोखरा रुटमा चल्ने अधिकांस ट्याक्सीको एउटै भाडा भन्ने गरेका छन्। साविकको भन्दा तीनगुणा भाडा लिने गरेको ट्याक्सी चालकको नियमन गर्ने निकायले समेत कोरोनाको संंकटको बाहना गराउने गरेको बताए ।

विगतमा बेनी–पोखरा रुटमा २५ सयमा रिर्जब गर्ने गरिएकोमा कोरोनका कारण सरकारले थप ५० प्रतिशत भाडा बृद्धि गरेपनि चालकले मनोमानी शुल्क तोक्ने गरेकाले यात्रु मारमा परेका छन् ।

यता बेनी यातायात प्रालिका कार्यालय प्रमुख अनिल पौडेलले समितिमार्फत चल्ने ट्याक्सीले समितिले तोकेको भाडा मात्रै लिने गरेको बताए । पोखरा रुटमा चल्ने सार्वजनिक बसमा यात्रा लामो हुने भएकाले यात्रुले ट्याक्सीमा गन्तब्यसम्म जाने चाहन्छन् । पछिल्लो समय ट्याक्सी ब्यवसायीले भाडा समेत फिर्ता गर्ने गरेका छैनन् ।

यात्रुको गुनासो सुन्न प्रहरीले कालिपुल बसपार्कमा यात्रु सहायता कक्ष भएपनि यात्रुले समेत गुनासो नदिदाँ समस्या भएको जिल्ला टफिक कार्यालयले जनाएको छ । यता जिल्लाको ग्रामिण क्षेत्रमा समेत कोचाकोच यात्रु बोक्ने क्रम रोकिएको छैन्।

Leave a Reply