म्याग्दीको उच्च क्षेत्रमा सोमबार हिमपात भएको छ। मौसममा बदली आएसँगै पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–१ गूर्जा, वडा नं २ लुलाङको बस्ती माथिको जंगलका साथै जिल्लाको उच्च हिमाली क्षेत्रमा समान्य हिमपात भएको हो । यसपटक पहिलोपटक हिमपात भएको छ भने तल्लो क्षेत्रमा सिमसिम बर्षाले जाडो बढाएको छ । गएरातिदेखि लुलाङको माथिल्लो क्षेत्रमा हिमपात भएको स्थानीय रेशम बहादुर विश्वकर्माले जानकारी दिए । गूर्जा, लुलाङ बाहेक मुदी, मल्कबाङ, कुइनेमङ्गले, खोप्रालेक लगायतका क्षेत्रमा हिमपात भएपनि बस्तीसम्म हिमपात भएको र्छैन् । यसपटकको हिमपातसँगै मौसममा आएको परिवर्तनले जाडो बढ्ने र निरन्तर हिमपातको सम्भावना रहेको मौसमबिद्को भनाई छ ।

Leave a Reply