घाँस काट्न गएको समयमा रुखबाट लडेर गम्भीर घाईते भएकी म्याग्दीको धवलागिरी गाउँपालिका-६ मराङ बुलकी एक किशोरीको उपचारमा थप आर्थिक अभाव भएको छ । गएको कात्तिक १४ गते घर नजिकै घाँस काट्ने क्रममा लडेर हाल फेवा सिटी हस्पिटलमा उपचारर्थ १६ बर्षिया रममायाँ विकको नियमित औषधी सेवन तथा चेकजाँचका लागि आर्थिक अभाव भएको उनका दाजु केशबहादुरले बताए ।

‘हस्टिलमा धेरै सेवाहरु छुट भएपनि नियमित औषधी लगायतको खर्चको अभाव छ,‘सहयोगदाताको सहयोगले केही राहत मिलेको छ, अझै आवश्यक छ’ उनले भने । फेवा सिटी हस्पिटलका हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा.दिवश क्षेत्रीले शल्यक्रियाको शुल्क निशुल्क सहित औषधी लगायत करिब साढे २ लाख निशुल्क गरिदिएका थिए ।

त्यस्तै म्याग्दी प्रवासी नेपाली संघ मोना पोर्तुगलले ५० हजार सहयोग गरेको थियो । डा. क्षेत्रीका अनुसार विकको ढाड भाँचिएकाले खुट्टामा समस्या भएकाले नियमित उपचार सहित थप खर्च लाग्ने बताए ।

‘उहाँको खुट्टामा गम्भीर चोट छ,‘आजभोली डिस्र्चाज भएपनि नियमित चेकजाँच र औषधी सेवन गर्नुपर्छ’ उनले भने । उपचारपछि पनि लामो समयसम्म व्हीलचेयरको सहायता आवश्यक पर्ने डा. क्षेत्रीको भनाई छ ।
थप जानकारीका तथा सहयोगका लागिः फोन नं ९८६१४४२८९४

Leave a Reply