अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अन्नपूर्ण गाउँपालिकाको सेवा ६ दिन बन्द

By -
On: November 17, 2020 11:12 AM
Follow Us:

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ६ दिनका लागि सेवा बन्द गर्ने निर्णय गरेको छ। गाउँपालिकाका केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि मंसिर ३ देखि ९ गतेसम्म सेवा बन्द गर्ने निर्णय भएको हो।

गाउँपालिकाबाट पठाइएको १५ जनाको स्बाबमध्ये पालिकामै कार्यरत कर्मचारीमा कोरोना पुष्टी भएपछि सेवाबाहेक सबै सेवा पूर्ण रुपमा बन्द रहने अध्यक्ष डमबहादुर पुनद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

संक्रमितसँगको कन्ट्याक्ट ट्रेसिङ गर्न र कोरोनाको जोखिम कम गर्न गाउँपालिकाको कार्यालय बाहेक ८ वटै वडा कार्यालयबाट हुने कामहरु नियमित हुने बताइएको छ ।पालिकाभित्र संक्रमतिको कन्ट्याक्ट ट्रेसिङमा परेका अन्य कर्मचारीलाई समेत होम क्वारेन्टाइनमा राखिएको छ ।

यसअगाडी गाउँपालिकाकै वडा नं ८ घर भई पर्वतबेनीमा बस्ने महिलामा समेत कोरोना पुष्टी भएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन सुबेदीले संक्रमति कर्मचारीसँग सम्पर्कमा रहेकालाई अनिवार्य होम क्वारेन्टाइनमा बस्ने अनुरोध गदैं लक्षण देखिएमा स्बाब दिन समेत अपिल गरेका छन् ।

-