एजेन्सी – नेपालका उत्तरी क्षेत्रमा यतिबेला चिसो ह्वात्तै बढेको छ । चिसो मौसम बढेसँगै चिसोको कारण बिरामी हुनेको संख्या पनि बढ्छ । त्यसैले शरीरलाई तातो राख्न अत्यन्त जरुरी छ ।

चिसो मौसममा शरीरको ख्याल राखेमा चिसो, खोकी, रुघाखोकी र ज्वरो जस्ता समस्या हुने सम्भावना कम हुन्छ । साथै, अहिलेको कोरोना भाइरसको संक्रमण समेत फैलिएको अवस्थामा चिसोमा झनै यसको असर बढ्न सक्ने भएकाले चिसो हुन नदिन खानामा थप चिजहरु सामेल गर्नुपर्छ ।

लसुन 
लसुन खानामा स्वाद बढाउनका लागि प्रयोग गर्ने गरिन्छ । लसुनमा भारी मात्रामा औषधिय गुण हुन्छ । बिहान सबेरै उठेर लसुनको एक केस्रा खाने गर्दा चिसो लाग्ने, रुघाखोकी लाग्ने र अन्य फ्लु लाग्ने समस्याबाट बचाउँछ । त्यस्तै, लसुनलाई दूधमा उमालेर पिउँदा बच्चाको स्वास्थलाई स्वस्थ्य राख्छ । लसुनमा भारी मात्रामा प्राटिन, भिटामिन र फस्फोरस पाइन्छ ।

अदुवा र मह
जाडोमा अदुवा र महको पेस्ट बरदान स्वरुप मानिन्छ । एक चम्चा अदुवाको रसमा एक चम्चा मह मिसाएर सेवन गर्दा रुघाखोकी कम हून्छ । अदुवाको प्रयोग चियामा पनि गर्न सकिन्छ । साथै, महमा कागतीको रस मिसाएर सेवन गर्दा घाँटीको दुखाई कम हुन्छ ।

हरियो सागसब्जी
चिसोमा हरियो सागसब्जीले स्वास्थ्यलाई निकै फाइदाजनक हुन्छ । पालक, मेथी, बेथे, तोरीको साग जस्ता सागपातहरुले शरीरलाई आवश्यक तातोपन दिन्छ ।

प्याज र मह 
प्याजमा एन्टिमाइक्रोबियल र एक्सपेक्टोर्याट्स जस्ता गुण पाइन्छ । एउटा सिसाको भाँडोमा प्याज काटेर महमा राख्नुहोस् । र बिहानै उठेर खाली पेटमा खाने गर्नुस् ।

Leave a Reply