विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व रेकर्ड कायम गरेका पर्वतारोही एवम् का पूर्व गोर्खा निर्मल पूर्जा ‘निम्स’ (एमबीइ) निर्मल पूर्जाले आफ्नो आत्मकथा लिएर फेरि विश्वसामु आएका छन् ।
संसारलाई चकित बनाउँदै पर्वतारोहणमा दुर्लभ किर्तिमानी राखेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दाना स्थायी घर भएका पूर्जाको ‘वियोण्ड पोसिबल’ बेलायत र नेपालमा यसै साता सार्वजनिक भएको हो ।

पूर्जाले हिमाल आरोहणका क्रममा भोगेका सुःख दुःखका अनुभव, संघर्ष, ‘प्रोजेक्ट पोसिबल’ अभियानका बारेमा पुस्तकमा उल्लेख गरिएकोछ । आफ्नो आत्मकथा लेखन अगाडी उनले जीवनमा आफ्नो यात्राको पुस्तक सार्वजनिक हुने कल्पना समेत नगरेको बताएका थिए ।

‘मैले मेरो संघर्ष र यात्राको किताव लेख्छु भन्ने सोचेको पनि थिईन्,‘विश्व किर्तिमानी कायम गरेपछि विश्वलाई मेरो यात्राका बारेमा जानकारी दिन पुस्तक ल्याउने सोच बनाए’ उनले भने । आरोहणको क्रममा पटकपटक थुप्रै मृत्युलाई जितेर फर्किएकाले समेत आफ्नो पुस्तक नयाँ आरोहीलाई सन्देश समेत हुने पूर्जाको भनाई छ ।

उनले विश्वभरका पर्वतारोहीबाट प्रभावित नभई आफ्नो अनुभव र जानकारीमा आधारित भएर पुस्तक लेखेको बताए । ३८१ पेजको उक्त पुस्तक अमेजन, वाटरस्टोन्स, डब्लुएच स्मिथमा समेत उपलब्ध छ ।

गतबर्षको बैशाख १० गते अन्नपूर्ण गाउँपालिकाकै नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालबाट विश्व किर्तिमानीको अभियान सुरु गरेका पुर्जा म्याग्दीमै रहेको सातौ अग्लो धौलागिरि हिमालको (८१६७ मि) आरोहण गर्ने पहिलो म्याग्देली समेत हुन्। उनले धौलागिरी हिमालमा विना अक्सिजन आरोहण गरेका थिए ।

विश्वकै अग्लो सगरमाथा, केटु, कञ्चनजंगा, ल्होत्से,मकालु,च्होयो, मनास्लु, नांगा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रो र अन्तिममा विश्वकै चौथौ अग्लो शिशापङ् (८०२७ मि) हिमाल आरोहण गरी किर्तिमानी कायम गरेका थिए ।

विभुषित पूर्जाले आरोहण गरेका १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछ । त्यस्तै, अरू पाकिस्तान र चीनमा पर्दछ । हालसम्म विश्वमा कुनैपनि आरोहीले छोटो समयमा दुई दर्जन हिमालको आरोहण गरेको विश्वमा नै रेकर्ड छैन् । आरोहणको क्रममा विभिन्न हिमालमा अलपत्र परेका आरोहीलाई उद्धार गरेर संसारभरी चर्चा कमाउनुभएका पूर्जाको नाममा करिब आधादजर्न किर्तिमानी छन् ।

को हुन् पुर्जा ?
बाल्यकालनमा समेत गाउँघरमा अग्ला रुख चढ्ने गरेका पूर्जाले आधारभुत तहको शिक्षा चितवनमा अध्ययन गरेका थिए। गाउँ नजिकै रहेका ठूला पहाडमा डोरीको सहायतामा उक्लिने गरेका पूर्जाले बाल्यकालदेखि नै दौड सहितका कार्यक्रमहरुमा सक्रियता देखाउने गरेका थिए ।

सन् २००३ मा पोखरास्थीत ब्रिटिश क्याम्पमा ब्रिटिस आर्मीमा छनौट भर्ना भई संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी टे«निङ सेन्टरबाट आधारभुत तालिमको ज्ञान प्राप्त गरेका थिए । कर्पोरल निर्मल बेसिक टे«निङमा च्याम्पियन रिकु्रटको उपाधी लिएर क्विन्स गोर्खा इन्जिनियर्ससमा गएका थिए।

क्विन्स गोर्खा इन्जिनियर्सको बेसिक ट्रेनिङ सफलतापूर्वक सम्पन्न गरी पेन्टिङ्ग एण्ड डेकोरेशन टे«डमा कार्यरत थिए । क्विन्स गोर्खा कार्यरत रहँदा ब्रिटिश आर्मीको कमाण्डो समेत गरेका थिए । उनले बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञको रुपमा कार्यरत पुर्जाले ब्रिटिश सेनाको रोजाईमा रहेका विश्वका धेरै हिमालको आरोहण गरिसकेका छन ।

अग्ला हिमाललाई आफ्नो घरको धुरीजस्तै सम्झिने पूर्जाले सबैभन्दा छिटो १० घण्टा १५ मिनेटको समयमा सगरमाथाको शिखरदेखि ल्होत्सेको शिखरसम्म आरोहण गरी विश्व किर्तिमान राखिसकेका पूर्जाले अंग्रेजी बर्ष २०१७ मे २७ गते ५ दिनमा ८ हजार मिटरभन्दा अग्ला सगरमाथा, मकालु र ल्होत्से हिमाल आरोहण र एउटै सिजनमा १७ दिनभित्र दुईपटक सगरमाथा चढेर ३ वटा विधामा गिनिज बुकमा वल्र्ड रेकर्ड राख्न सफल भइसकेका छन् ।

गोर्खा एक्सीडिसन २०१७ मा १३ जना ब्रिटिस गोर्खाले गरेको सफल सगरमाथा आरोहणको नेतृत्व सम्हालेका थिए । सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेका थिए । उनले हरेक आरोहणमा आरोहीको उद्धार तथा मृत अवस्थामा भेटिएका शवलाई समेत ब्यवस्थापनमा सघाउने गरेका छन्। पूर्जालाई नेपाल सरकारले राष्ट्रदिप पदकबाट विभुषितको घोषणा समेत गरिसकेको छ ।

 

Leave a Reply