घाँस काट्न गएको समयमा रुखबाट लडेर गम्भीर घाईते भएका बेनी नगरपालिका-५, भिरमुनीका ३६ बर्षिय मिठे दर्जीको उपचारमा आर्थिक अभाव भएपछि पोखराबाट बेनी फर्किएका छन्। सोमबार घर नजिकै घाँस काट्ने क्रममा लडेर सिकिस्त भएका दर्जीको बेनी अस्पतालमा उपचार गरी पोखरा रिफर गरिएको थियो ।

शरीरमा गम्भीर चोट देखिएपछि चरक हस्पिटलमा पठाइएको दर्जीको थप उपचारका लागि काठमाण्डौ लैजानुपर्ने चिकित्सकले बताए पनि आर्थिक अभाव भएपछि बेनी फर्किएको आफन्त समे विकले बताए । ‘पोखराबाट काठमाण्डौ लगेर उपचार गर्ने पैसा छैन्,‘उता अलपत्र पर्नुभन्दा बेनी नै फर्कायौं’ उनले भने ।

उपचारमा आर्थिक अभावका कारण काठमाण्डौसम्म लैजान समस्या भएको बताए । विकको करङ भाँचिएको, टाउकोमा रगत जमेको अवस्थामा रहेको बेनी अस्पतालकी अनमी भिमसरा पुनले बताईन्।‘उहाँको अवस्था जटिल छ,‘काठमाण्डौ लैजानुपर्ने बिरामी बेनीमा फर्काएर ल्याउनुभएको छ’ अनमी पुनले भनिन् ।

घाईतेको शरीरका अन्य भागमा समेत चोट रहेको बताइएको छ । घाईते दर्जीलाई बेनी अस्पतालले एम्बलुेन्समा थप उपचारका लागि पोखरासम्म पुर्याएको थियो । गाउँकै विपन्न दर्जीको ३ छोरी, ३ छोरा छन् । दर्जीको शल्यक्रिया सहितको उपचारमा धेरै खर्च लाग्ने भएकाले जुटाउन समस्या भएको पीडित परिवारको भनाई छ ।

 

Leave a Reply