ds} 5f]8fpFb} dlxnf un]Zj/, @* sflQs M DofUbLsf] /3'uªuf ufpFkflnsfsf] sf]6ufpFdf 3/sf] cfugdf a;]/ ds} 5f]8fpFb} dlxnf . t:jL/ M w'|a;fu/ zdf{, /f;;

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ फलातेमा बीउ सङ्कलन र भण्डारण केन्द्र स्थापना भएको छ । गाउँपालिका र किसानको संयुक्त लगानीमा रायो सागको बीउ सङ्कलन र भण्डारण केन्द्र स्थापना भएको हो । केन्द्र स्थापना भएपछि घर-घरमै गएर बीउ सङ्कलन र व्यक्तिका घरमा भण्डारण गर्नुपर्ने समस्या हटेको उपभोक्ता समितिका सचिव अर्जुन पुर्जाले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिकाको रु आठ लाख ८१ हजार ५४६, उपभोक्ताको रु पाँच लाख बराबरको श्रमदान र गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिको हैसियतमा पाउने सुविधावापतको रकम सङ्कलन गरेर बनाएको कोषबाट रु ५० हजार गरी कूल रु १४ लाख ३१ हजार ५४६ लागतमा सो केन्द्र स्थापना भएका छन् ।

सन्ताउन्न घरधुरीले १३ दिनका दरले श्रमदान गरेको उपभोक्ता समितिका अध्यक्ष खमबहादुर पुर्जाले बताउनुभयो । स्तरोन्नति गरेर कोल्डस्टोरसमेत बनाउन सकिने यो भवन बहुप्रयोजन र बहुउद्देश्यीय किसिमको भएको गाउँपालिकाका इञ्जिनीयर ईश्वरबहादुर भण्डारीले बताउनुभयो ।

किसानहरुले बीउ, तरकारी र आलु सङ्कलन तथा भण्डारणका अतिरिक्त सीपमूलक तालिम, बैठक, भेला सञ्चालनमा पनि यो भवनलाई प्रयोग गर्न सक्नेछन् । व्यावसायिक रुपमा आलुखेतीको प्रशस्त सम्भावना भएको फलातेका साथै चित्रे, खिवाङ, कुटुका र महभीर गाउँका किसानले व्यावसायिक रूपमा मार्फा रायो जातको सागको बीउ उत्पादन गर्छन् ।

यस वर्ष प्रतिकिलो रु आठ सयका दरले २६ क्विन्टल रायो सागको बीउ फलातेबाट निकासी भएको थियो । ताजा तरकारी र खाद्यबालीको तुलनामा आर्थिक हिसाबले बढी फाइदा हुने, बजारमा भनेको मूल्य पाउने भएकाले रायो सागको बीउ उत्पादनमा किसानको आकर्षण बढेको छ । गाउँका सबैले बीउ उत्पादन गर्न सागखेती गरेका छन् ।

एउटा घरले थोरैमा २० केजीदेखि एक सय केजीसम्म बीउ उत्पादन गर्छन् । गत वर्षसम्म पोखरा र चितवनका व्यापारी गाउँमै आएर बीउ खरिद गरेर लैजाने गरे पनि यसपाली कोरोनाका कारण बजारको समस्या देखिएकोमा किसान चिन्तित भएका छन् । तत्कालीन जिल्ला कृषि विकास कार्यालय म्याग्दीले अनुकूल हावापानी, वातावरण र भूगोल भएकाले खिवाङ र फलाते क्षेत्रलाई सागको बीउ उत्पादन केन्द्र बनाउन सिफारिस गरेको थियो । कोदो, आलु, मकैको विकल्पमा सागखेती गरेका छन् ।

दुई हजार मिटर उचाइको भूगोल मार्फा रायो सागको बीउ उत्पादनका लागि अनुकूल मानिएको छ । भदौमा बीउ, असोजमा बिरुवा रोपेपछि असारमा बीउ उत्पादन गर्न सकिन्छ । बीउ उत्पादन गर्ने सागको पात टिप्न मिल्दैन । ठूला र चौडा पात हुने मार्फा रायो साग मुस्ताङको मार्फा शितोष्ण बागवानी विकास केन्द्रले विकास गरेको हो । बीउ भण्डारण गर्ने मेटलबिन, सुकाउने त्रिपाल र बाली बीमाको सुविधा आवश्यक रहेको किसानले बताएका छन् ।

Leave a Reply