म्याग्दीमा बुधबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गएको कात्तिक २९ र ३० गते स्बाब संकलन गरी पठाइएको १० जनामध्ये ३ जनामा कोरोना पुष्टी भएको जनाइएको छ ।

क्षयरोग उपचार केन्द पोखरामा गरिएको पिसिआर परीक्षणमा बेनी नगरपालिका ८ का दुई जना र बेनी अस्पतालको एक स्वास्थ्यकर्मीमा कोरोना पुष्टी भएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए । संक्रमति सबै कन्ट्रयाक्ट ट्रेसिङमा परेका हुन् ।

बेनी अस्पतालमा कोरोनाको लक्षणसँग मिल्ने विरामीमा कोरोना पुष्टी हुने गरेको छ । म्याग्दीमा समेत लक्षण सहितका संक्रमति भेटिन थालेका छन् । संक्रमतिको स्वास्थ्य अवस्था सामान्य छ ।

Leave a Reply