नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालित म्याग्दी बालगृहका बालबाललिकाहरुलाई न्यानो कपडा र स्टेशनरी वितरण गरिएको छ । बालगृहमा आश्रित १३ जना बालबालिकाहरुलाई ओजे फाउन्डेशन काठमाण्डौंले एक–एक थान ज्याकेट वितरण गरेको हो ।

ओजे फाउण्डेशन एवम् म्याग्दी प्रवासी नेपाली संघ अन्तर्राष्ट्रिय कार्यकारी समितिका अध्यक्ष समेत रहेका ओमनारायण जुग्जालीले बुधबार बालबालिकालाई न्यानो कपडा वितरण गरेका हुन् ।

संस्थाको सामाजिक उत्तरदाहित्व अन्तरगत बालगृहका बालबालिकालाई सहयोग गरिएको अध्यक्ष जुग्जालीले बताए । ‘ब्यवसायीकसँगै सामाजिक र मानवीय सेवामा पनि संस्थाले निरन्तर सहयोग गरिरहेको छ,‘जाडो मौसममा बालबालिकालाई केही राहत मिल्ने छ’ उनले भने ।

सहयोग हस्तान्तरण कार्यक्रममा बालसंगठनका सभापति राजेश शाक्य र मोनाका महासचिव विक्रम कार्की लगायतको उपस्थिती रहेको थियो । ओजे फाउण्डेशनले नेपालका विभिन्न स्थानमा कोरियन कस्मेटिकको वितरण गर्ने गरी शाखा समेत विस्तार गरेको छ।

Leave a Reply