मध्य शरद क्रृतुको याम । सयपत्री र मखमली फूलको बहारलाई छिमोल्दै घोडेपानी,पुनहिल,टोड्के,झाँक्रीपानी जस्ता हात फैलाउँदा हिमालनै पो छोइन्छ की जस्ता म्याग्दीका पर्यटकीय स्थलहरुबाट देखिने हिमालहरु अहिले शारदीय मुस्कान सहित पर्यटकहरुको प्रतिक्षा गरिरहेका छन् ।

बाटोमा पदयात्री,गाडी,घोडा र खच्चडहरुको ठेलमठेल । खुलेको नीलो आकाशमा टल्किरहेका सेता हिमाल । क्यामरा तेर्साइरहेका विदेशी पर्यटक । उत्तरी म्याग्दीको जुनसुकै ठाउँबाट माथितिर उक्लदा घोडेपानी नपुगुन्जेलसम्म देखिने दृश्य यस्तै हुन्थे। यसपटक पनि हिमाल टल्किएका छन्। तर, हेरिदिने पर्यटक नहुँदा हिमाली मुस्कान त्यत्तिकै खेर गइरहेको छ ।

कोभिड–१९ को महामारीका कारण विश्वप्रशिद्ध अन्नपूर्ण पदमार्ग लगाएतका अन्य पर्यटकीय स्थलहरुमा विदेशी पर्यटकहरु आएनन् । बरु आन्तरिक पर्यटक (जिल्लावासी)हरु विभिन्न पर्यटकीय स्थलहरुमा पुगेर पर्यटकीय स्थलहरुलाई सुन्य हुनभने दिएका छैनन् ।

OLYMPUS DIGITAL CAMERA

यसअघि वर्षमा दुई सिजन चैत, वैशाख तथा असोज, कात्तिक यहाँका होटल व्यवसायीलाई भ्याइनभ्याइ हुन्थ्यो। विदेशी पर्यटकका कारण नेपालीलाई बास पाउनै मुस्किल पर्दथ्यो । पथप्रदर्शकहरुको आम्दानी हुने समय पनि यही थियो। भरिया र घोडा व्यवसायी पनि व्यस्त हुन्थे। तर,यस पटक भने यी सबै कुराहरु एकादेशको कथा जस्तै बनेका छन् ।
यसपटक हिमाल हेर्न मौसम साह्रै राम्रो भएको पर्यटन व्यवसायीहरुको भनाइ छ ।

????????????????????????????????????

‘मौसम खुल्यो तर, हिमाल हेर्न कोही विदेशी आइपुगेन‘ होटल याकका संचालक तथा पर्यटन व्यवसायी ताराप्रसाद आचार्य (बाबुराम) भन्छन् ।

यहाँका प्राकृतिक सम्पदा,भौगोलिक विविधिता,साँस्कृतिक विचित्रता र हिमाली सुन्दरताका कारण म्याग्दी जिल्ला पर्यटकीय जिल्लाका रुपमा चर्चित छ ।प्रकृतिले सिंगारेको म्याग्दी जिल्लामा विश्वकै सातौं अग्लो धौलागिरि,अन्नपूर्ण हिमालका साथै निलगिरि,गुर्जा,पुथा,चुरेन,मानामाथी लगाएत साना ठूला गरी दुई दर्जन बढि हिमालहरु रहेका छन् ।

Leave a Reply