नेपाल रेडक्रस सोसाइटी पात्लेखेत उपशाखाले पात्लेखेतमा कोरोना भाइरसविरुद्ध स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ। बेनपा-१० रेडक्रस उपशाखाबाट रघुगंगा गाउँपालिका-६ पाखापानी स्वास्थ्य चौकी र अमर माविलाई स्वास्थ्यका सामग्री सहयोग गरेको हो।

उपशाखाको पहलमा स्वास्थ्य चौकीलाई ५ सय मास्क, स्यानीटाइजर, टावेल, प्लाष्टिकको बाल्टी करिव दुई दर्जन सावुन सरसफाई साम्रागी र विद्यालयलाई ४ सय मास्क, करिब २ दर्जन सावुन लगायतको स्वास्थ्य साम्रागी हस्तान्तरण उपशाखाका भरत पराजुलीले अमर माविले प्रधानाध्यापक यू कुमार गर्बुजालाई हस्तान्तरण गरिएको स्वास्थ्य चौकी निमित्त इन्चार्ज विनु पुन राम्जालीले जानकारी दिईन् ।

सामग्री हस्तान्तरण गर्दै उपशाखाका पराजुलीले विगतदेखि नै कोभिड–१९ को संक्रमण रोकथाम गर्न सक्रिय रहेको अवस्थामा यस साम्रागीले महत्वपूर्ण भूमिका निर्वाह गरेकाले यसलाई रेडक्रस मार्फत भविस्यमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए । उक्त सहयोग साम्रागीले स्वास्थ्य चौकीमा आउने विरामी र विद्यलायका विद्यार्थीलाई प्रयोगमा सहज हुने बताइएको थियो ।

Leave a Reply