३१ औं अन्तराष्ट्रिय बाल दिवसको अवसरमा नेपाल यूवा परिषद्ले नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालित म्याग्दी बालगृहका बालबाललिकाहरुलाई पुस्तक वितरण गरेको छ ।

यूवा परिषद्को बेनपा–१० द्धारा करिब १५ हजार बराबरको पुस्तक शुक्रबार एक कार्यक्रम गरी परिषद्को पात्लेखेत च्याप्टर संयोजक सवनम मल्लले बाल संगठनका सभापति राजेश शाक्यलाई हस्तान्तरण गरेका थिए ।

बालबालिका तथा विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको परिषद्ले बालगृहमा रहेका बालबालिकालाई अनुकुल हुने पुस्तकहरु खरिद गरी सहयोग गरेको संयोजक मल्लले बताइन् ।

बालगृहमा आश्रित १३ जना बालबालिकालाई पढ्ने बानीको विकास गराउने गरी विभिन्न रचनात्मक कार्यहरुमा समेत थप सहयोगको आवश्यकता रहेको सभापति शाक्यले बताए । सहयोग हस्तान्तरण कार्यक्रममा सिविन म्याग्दी शाखाको सहजकर्ता रञ्जना श्रेष्ठ, यूवा परिषद्का सदस्य मदन खत्री लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply