आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार सहर देखी गाउँसम्म बढ्दै गएको छ। धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउनेहरूको विचमा म्याग्दीका एक यूवाले नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालित म्याग्दी बालगृहका बालबाललिकाहरुलाई खाना पकाउने भाडाँकुडा सहयोग गरेका छन् ।

धवलागिरी गाउँपालिका–२ लुलाङ खोरिया निवासी दिपक सिञ्जाली पुनले करिब १० हजार बराबरको खाना पकाउने राइसकुकर र प्रेसरकुकर सहयोग गरेका हुन् ।जन्मदिनको अवसरमा पुनले संगठनका सभापति राजेश शाक्यलाई उक्त सहयोग हस्तान्तरण गरेका थिए ।

बालगृहमा आश्रित १३ जना बालबालिकालाई आवश्यक साम्रागी जुटाउने कार्यमा राहत मिलेको सभापति शाक्यले बताए । जन्मदिनको अवसरमा पुनले अवका हरेक जन्मदिनमा केही रचनात्मक कार्यहरुमै खर्च गर्ने बताए । कार्यक्रमको सञ्चालन संगठनमा सचिव सन्दिप खत्रीले गरेका थिए ।

Leave a Reply