कोरोनाको लक्षण देखिएपछि उपचारका लागि पोखरा गएकी एक महिलामा कोरोना संक्रमण पुष्टी भएको छ । बेनी नगरपालिका वडा नं ७ मंगलाघाट निवासी ४५ बर्षिय महिलाको पोखरामा उपचारको क्रममा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए ।

उनले महिलामा कोरोनासँग मिल्ने लक्षण देखिएपछि थप उपचारका लागि पोखरामा लिइएको स्बाबको रिर्पोट पोजेटिभ आएको बताए । त्यस्तै बेनीबाट क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा ९ जना संकास्पद बिरामी मध्ये एकजनामा कोरोना पुष्टी भएको हो ।  संक्रमति ट्राफिक प्रहरी कार्यालयका प्रमुख हुन् ।

कोरोनासँग मिल्ने लक्षण देखिएपछि बेनी अस्पतालमा स्बाब दिएर होम क्वारेन्टाइनमा बसेका थिए । मंगलाघाटकी महिलाका बारेमा बुझ्ने प्रयास भइरहेको बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालले बताए । संक्रमित महिला कन्ट्राक्ट ट्रेसिङवाट पुष्टी भए नभएका बारेमा जानकारी लिइने उनले बताए । त्यस्तै ट्राफिक प्रहरी प्रमुख भने संक्रमित कन्ट्राक्ट ट्रेसिङमा परेका थिए ।

संक्रमितको कन्ट्याक टेसिङमा परेकालाई होम क्वारेन्टाइनमा बस्न समेत अनुरोध गरिएको छ । पछिल्लो समय म्याग्दीमा कोरोनाको लक्षण देखिएका बिरामी धमाधम भेटिन थालेका छन्् ।

Leave a Reply