अपरिचित मान्छेले बोलाएर मुस्ताङबाट बेनी आएकी एक महिलालाई तीन छोराछोरी सहित उद्धार गरिएको छ । मुस्ताङमा होटलमा मजदुरी गर्ने ३६ बर्षिया कल्पना मगरलाई कालिपुल बसपार्कबाट उद्धार गरिएको हो ।

आर्कषक जागिरको प्रलोभनमा बेनीसम्म आएकी मगर, ४ छोरा, ७ छोरा र ६ बर्षिया छोरी सहित बेनीमा आएकी महिलालाई क्रियटिभ मञ्च म्याग्दीले उद्धार गरी प्रहरीमार्फत मुस्ताङ फर्काएको छ । प्रहरी, ठेकेदार लगायत विभिन्न परिचय दिएर महिलालाई बेनीसम्म बोलाउने मान्छे सम्पर्कविहिन भएपछि अलपत्र परेकी महिलालाई उद्धार गरिएको अध्यक्ष विवेक चन्दले बताए ।

फोनबाट आफ्नो सम्पर्कमा आए जागिर र सुख मिल्ने बताएपछि बेनीसम्म आएको महिलाले बताईन् । ‘महिलालाई फसाउने नियत बनाएजस्तो देखिएको छ,‘हामीले तत्काल उद्धार गरी मुस्ताङ फर्काएका छौ’ उनले भने ।

मुस्ताङको होटल ब्यवसायीसँग सम्पर्क गरी बसमा मुस्ताङ पठाइएको उनले बताए । आवश्यक बाटो खर्च सहित पठाइएको बताउँदै महिलालाई प्रलोभनमा पार्न खोज्नेका बारेमा सिविन लगायतका संघसंस्थालाई सहयोग समेत मागिएको थियो ।

मञ्चले सामाजिक, मानवीय तथा रचनात्मक सहयोग गरेको उनले बताए । बाल विवाह रोक्ने, क्षमता विकास, शिक्षा स्वास्थ्यका साथै छुवाछुतका विषयमा समेत विद्यालयस्तरबाटै अभियान सुरु गर्ने उदेश्यले स्थापना भएको मञ्चले बालविवाह देखि आनबानी परिवर्तनलाई केन्द्रित गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ ।

Leave a Reply