म्याग्दीमा मृत्यु पछि एकजनामा काेराेना पुष्टि भएको छ । रघुगंगा गाउँपालिका १ ठेगना भई पर्वतको जलजला गाउँपालिका २ बौरमा वस्ने वर्ष ८४ का एक वृद्धमा मृत्यु पछि काेराेना पुष्टि भएकाे हाे ।

काेराेनाकाे लक्षण सहित ४ दिन अगाडि   बेनी  अस्पतालमा मा उपचारका लागि अाएका उक्त पुरूषकाे पिसिअार परिक्षण गर्न  स्वाव लिईएकाे थियाे ।

काेराेना संक्रमणका कारण गम्भीर भएका उनकाे थप उपचारका लागि पाेखरा रिफर गरिएकाे भए पनि अस्पताल नपुर्याउदै  मंसिर ६ गते बाटाेमै ज्यान गएकाे थियाे ।

साेमबार उनकाे काेराेना पाेजेटिभ अाएकाे अस्पताल श्राेतले जानकारि दिएकाे छ । मृतक पुरूषकाे उहीँ दिन सुरक्षित तरिकाले शब व्यवस्थापन गरिएको अस्पताल श्राेतले जानकारी दियाे । यस वारे स्वास्थ्य कार्यालय म्याग्दीले अझै अाधिकारिक रूपमा पुष्टि गरेकाे छैन ।

याे संगै म्याग्दीमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ५ पुगेकाे छ ।

Leave a Reply