बेनी नगरपालिका-३,भकिम्ली स्थायी घरभई हाल जापानमा रहेका दिपक बसन्त कार्की र गायिका समिक्षा अधिकारीको आवाजमा नयाँ म्यूजिक भिडीयो हिरो हिरोनी सार्वजनिक भएको छ ।

लोकप्रिय गायक पल शाह र दीपिका प्रसाइको अभिनय रहेको गीतको पुरै सुटिड् बौदमा रहेको ह्यात रेजेन्सीमा गरिएको छ भने गितलाई दीपिका म्युजिकले बजार ब्यवस्थापन गरेको छ।  भकिम्ली स्थाई घर भै बिगत लामो समयदेखी परिवार सहित जापानमा बसोबास गर्दै आएका गायक तथा सर्जक कार्की गित संगीतमा निकै रूची राख्छन र नेपाली संस्कृती लाई जोगाईराख्नु पर्ने बताउछन् ।

साथै गीतले एकै दिनमा लाखौ भ्यूअर्स सहित स्रोता दर्शकको मन जितेको सर्जक कार्कीले बताए । ‘राम्रो प्रतिक्रिया आएको छ, भविस्यमा थप अगाडी बढ्न सहज हुन्छ’ उनले भने । गीतलाई दिपक आफैले लय तथा शब्द सिर्जना गरेका छन भने काजीश श्रेष्ठले निर्देशन गरेका छन ।

Leave a Reply