ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी) तयार पारेको यस वर्षका १०० महिलाको सूचीमा म्याग्दीकी सपना रोका मगर पनि परेकी छन् । बेवारिसे लासको ब्यवस्थापन तथा सामाजिक र मानवीय सेवामा सक्रिय रहेकी रोका मगर सन् २०२० को प्रभावशाली एक सय महिलाको सूचीमा परेकी छिन्।

म्याग्दीको मंगला गाउँपालिका–४ बरंजा बुकेनीकी रोका मगर हरेक बर्ष संसारभरका १ सय प्रेरणादायी महिलाहरुको सूचीमा परेकी हुन् । समाजमा प्रभाव छोड्न सफल महिलाहरुमध्ये बिबिसीले विभिन्न क्याटेगोरी तयार पार्दै १ सय महिलाको सूचीमा कलिलै उमेरमा रोकामगरको सामाजिक तथा मानवीय सेवाको चर्चासँगै बिबिसीले छनौट गरेको हो ।

पृथ्वी, ज्ञान, नेतृत्व, रचनात्मकता, खेल तथा परिचय गरी ६ प्रकारमा विभाजन गर्दै १०० महिलाको सूची सार्वजनिक गरिएकोमा सपनामगरलाई बेवारिसे शबको दाहसंस्कारसँग जोडेर चर्चा गरिएको छ । ‘छनौटको सूचनाले निकै उत्साहित छु,‘मैले गरेको कामको मुल्याङक विश्वभरी भएको रहेछ’ रोकामगरले बेनीअनलाइनलाई भनिन् ।

अहिले आफन्तको घरमा बागलुङमा रहेकी उनले आफ्नो नाम छनौटमा परेको सूचना पाएको बताईन् । ‘बेवारिसे लासलाई दागबत्ती दिदाँ मैले यो सम्मानको अपेक्षा गरेको थिईन’ रोका मगरले भनिन् । उनले आफ्नो पूरानो दैनिकीसँगै नयाँ कार्यबाट समेत विश्वभरका महिलाका लागि प्रेरणाको स्रोत बन्ने अवसर यो छनौटले दिएको बताईन् । यसबर्ष दशैंतिहारमा लामो समयसम्म घरमै बसेकी सपनाले गाउँमा पनि सामाजिक कार्यलाई निरन्तरता दिईन् । उनले विपन्नलाई खाद्यान्न सहयोग तथा बालगृहका बालबालिकालाई समेत विभिन्न सहयोग गरिन् ।

को हुन् सपना ?
दैनिकजसो काठमाण्डौको पशुपती आर्यघाट आसपासमा हुन्छिन् सपना । काठमाण्डौका विभिन्न स्थानमा बेवारिसे अवस्थामा भेटिएका शबको आफन्त बनेर दागबत्ती दिन्छिन् । बेवारिसे शब भेटिएपछि पहिलो फोन सपनालाई नै जान्छ। कानुनी प्रक्रिया पुरा गरेपछि उनले नै पशुपतिमा दागवत्ती दिने गरेकी छन् ।

पशुपति आसपासमा माग्न बस्नेहरूले उनलाई आफ्नै सदस्य सम्झन्छन् । हरेक दिन एउटै दैनिकी भएकी सपनाले आफन्त कोही नभएकाको उपचार र मृत्युपछिको दाहसंस्कारमा समय दिएकी सपनाले निरन्तरता दिइरहेकी छन् । ‘मैले बेवारिसेलाई दागबत्ती दिएर सेवा गरेको छु,‘यो सेवामा लाग्दा निकै आनन्द महसुस भएको छ’ रोका मगरले भनिन् ।

बेवारिसे शवका वारिस बनेर पशुपति र अस्पतालका शब गृहमा पुग्ने गरेकी उनलाई ठूला अस्पतालमा बेसहाराको अभिभावकको रुपमा समेत चिन्न थालेका छन्।

‘कुनै समय म पनि सडकमै थिए,‘सडकमा बस्दाको अनुभव मलाई पनि छ’ उनले भनिन्। आर्यघाटमा शब जलाउँदा माक्स लगाएर, हातले नाक थुनेर आवतजावत गर्दा सपनालाई केही हुदैन्। विभिन्न ठाउँमा फेला परेका बेवारिसे शव पोष्टमार्टम गरेर दुर्गन्ध फैलिएको शबलाई पनि दाउरा र पराल मिसाएर तयार गरिएको चितामा दागबत्ती दिने गरेकी छन् । ‘अपरिचित लासमा दागबति दिदाँ मृत आत्माले शान्ति पाउँछ,‘मरेर जानेको आत्माले शान्ति पाए मलाई पुग्छ’ उनले भनिन् । बेवारिसलाई जमिनमा गाड्न खोज्दा समेत धार्मिक परम्परा अनुसार नै दागवत्ती दिनुपर्छ भनेर समेत अडान लिएको उनको भनाई छ ।

एक बर्ष अगाडी उनी पहिलो पटक विनयजंग बस्नेतसँग शिक्षण अस्पतालको शवगृह पुगेकी थिइन्। पशुपतिमा सधै मृतकका परिवार, आफन्तको रूवाबासी हुने, मलामीको भिडभाड नजिकै उनले दागबत्ती दिने चिता आसपासमा न कसैको रुवाबासी, न कुनै भीड हुन्छ। गएको पाँच महिनामा उनले १ सय बेवारिसे शवमा दागबत्ती दिएकी छन् । एकै पटक ६ वटा शवको अन्त्येष्टि गरेको बताईन् । उनीहरुले दाहसंस्कार गर्ने प्रायः शव एक वर्ष पुराना हुन्छन्। सपनाले २०७३ सालमा गाउँकै महेन्द्ररत्न माध्यामिक विद्यालयबाट एसईई दिएकी थिइन्।

त्यसपछि गाउँ छाडेकी उनी सदरमुकाम बेनीमा कक्षा ११ मा भर्ना भइन्। बाबु–आमा र दाजु–दिदीले भनेको नमान्दा घर परिवारसँग सम्बन्ध बिग्रिएपछि केही समय बुटवल र पोखरा बसिन् । गलत संगतमा फसेपनि सपनाले कक्षा १२ सम्मको पढाई सकेकी छन् । जीवनसँग हारिसकेकी अवस्थामा आत्महत्याको तयारी समेत गरिन् । उनले आफ्नो पुरानो जीवन कुलतमा फसेपनि अव बाँकी जीवन समाजसेवामा लाग्ने बताईन्

आत्महत्या असफलता माथिको सफलता नभएको भन्दै संघर्ष गरेर सफल बन्ने निधो गरिन् । अहिले विगत आफ्नै नाम जस्तै लाग्न उनले परिवारसँग विगतमा गरेका गल्तीको क्षमायाचना गदैं बेवारिसेहरुको सेवामा लाग्ने प्रतिबद्धता समेत जनाइन् । ललितपुरमा बस्दै आएकी सपनाले दैनिकजसो पशुपतिमा पुगेर आफ्नो जिम्मेबारी पुरा गर्ने गरेकी छन् ।

 

 

 

 

 

Leave a Reply