लोक गायक एबं संचारकर्मि अमित बिश्वकर्माको लोक दोहोरि गीत हेर्छु डाँडै बाट को म्युजिक भिडियो सार्बजनिक भएको छ । गायक बिश्वकर्मा र चर्चित लोक दोहोरि गायिका टिका पुनको स्वरमा रहेको गीतको शब्द मौसम केसिले लेख्नु भएको हो ।
गायक बिश्वकर्माकै लय सृजनामा रहेको गीतको भिडियोमा कलाकार सानु, रिया रोका मगर र प्रबिण को अभिनय रहेको छ । म्याग्दिका चर्चित डान्सर, कोरियोग्राफर राजकुमार परियारको निर्देशन रहेको सो भिडियोमा कलाकार सन्तोष परियारको सह निर्देशन रहेको छ ।
https://youtu.be/-wV_0KyoFSE
किरण फोटोग्राफिका संचालक किरण कार्किको छायाँकन तथा सम्पादनमा तयार भएको उक्त गीतको भिडियो गायक बिश्वकर्माको आफ्नै युटुव च्यानल Amit Bishwokarma बाट सार्बजनिक भएको छ । गायक बिश्ककर्माको यस अघि ठाउँ छ मनै खानि, डाँडा पारि मायाको गाउँ छ, पुग्नै पर्ने ठाउँ, बैँश छदा भएन पैसानि लगाएत दर्जनौ गीतहरु प्रस्तुत भैसकेका छन ।

 

Leave a Reply