---Advertisement---

अनेरास्ववियू म्याग्दीले परीक्षा केन्द्रमा विद्यार्थी सहायता कक्ष स्थापना

On: November 25, 2020 11:31 AM
Follow Us:

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले कक्षा १२ का विद्यार्थीलाई मास्क, सेनिटाईजर वितरण गर्ने गरी परीक्षा केन्द्रमा विद्यार्थी सहायता कक्ष स्थापना गरेको छ ।

मंगलबारदेखि सञ्चालन भइरहेको परीक्षामा सबैभन्दा धेरै विद्यार्थी सहभागी भएका केन्द्र बाहिर सहायता कक्ष स्थापना गरिएको अनेरास्ववियू म्याग्दीका अध्यक्ष सुवास विश्वकर्माले बताए । ‘मास्क वितरण गरिरहेका छौ,‘परीक्षाको नियमभित्र रहेर आवश्यक पर्ने सबै सहयोग गर्ने गरी टोली खटिएको छ’ उनले भने ।

जिल्लाभित्र रहेका २३ परीक्षा केन्द्रमा धेरै सहभागी भएका ठाउँमा डेक्स र अन्य स्थानमा मास्क र सेनिटाइजर वितरण गरिएको उनले बताए ।  त्यस्तै ११ को कोचिङ्ग कक्षा सञ्चालन भएको भन्दा धेरै शुल्क लिएका होस्टलमा समेत समस्या समाधान गरी अनलाइन कक्षा सञ्चालनलाई सुचारु गर्न समन्वय गरिएको अनेरास्ववियू म्याग्दीले जनाएको छ ।

विद्यार्थीबाट मनपरी शुल्क उठाइएको तर शिक्षकलाइ तलब नदिएको निजि बिद्यालयलाई समेत निरन्तर ताकेता गरिएको बताउँदै आवश्यक परे थप आन्दोलन गर्ने चेतावनी समेत दिएको अनेरास्ववियू म्याग्दीले जनाएको छ ।