म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा प्रहरीको चौकीको नयाँ भवन निर्माण सुरु भएको छ । स्थानीयले उपयुक्त स्थानमा निशुल्क जग्गा दान गरेपछि बुधबार प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले भवनको शिलन्यास गरेका हुन् ।

हिरासत कक्ष, ब्यारेक र मेस, कार्यालय ब्लक सहितको प्रहरी चौकीबाट प्रदान गरिने सबै सेवासुविधा सहजै उपलब्ध हुने गरी भवनको शिलन्यास कार्यक्रममा अथिती भवबहादुर भण्डारीले प्रहरी चौकीको स्थापनाले शान्ति सुरक्षा कायम गर्न सहज हुने बताए ।

‘जग्गादाताको सहयोगले यो सम्भव भएको छ,‘समयमै भवन सम्पन्न गर्न आवश्यक सहयोग गछौं’ अध्यक्ष भण्डारीले भने। उनले प्रहरीचौकीको स्थापनाले शान्ति सुरक्षासँगै वित्तिय संस्थाको आगमन लगायत विभिन्न पक्षमा सहयोग हुने बताए । प्रहरी चौकीमा संरचना अभाव हुँदा प्रहरीलाई कार्यसम्पादनमा समस्या भइरहेको अवस्थामा सुविधासम्पन्न भवनले सहज हुने प्रनाउ कुँवरले बताए ।

‘भवन निर्माणपश्चात् प्रहरीलाई सहज हुनेछ,‘समुदायको सहयोगबाट निकै उत्साहित छौ’ उनले भने । स्रोत र साधन प्रयोग गरी गाउँपालिका भित्र शान्ति सुरक्षा कायम गर्न समुदायसँगै सहकार्य गरेर अगाडी बढ्ने उनले बताए । भवनको जयन्द्र श्रेष्ठ निर्माण प्रालिले जिम्मा पाएको छ । यो भवन १ करोड ८७ लाख ६२ हजार ८४६ को लागतमा १३ कोठेको साढे दुई तले बन्ने छ ।

एकबर्षभित्र भवन सम्पन्न गर्ने सम्झौता भएको प्रहरी निरिक्षक दिपेन्द्रकुमार श्रेष्ठले बताए । तिन रोपनी क्षेत्रफलमा फैलिएको भवनलाई भविस्यमा इलाका प्रहरी चौकीमा स्तरउन्नती गर्न समेत सहज हुने जनाइएको छ ।

कार्यक्रममा सामाजिक विकास समिति संयोजक एवम वडा नं ३ का अध्यक्ष जिवन कुमार मल्ल, गापा प्रमुख कार्यकारी अधिकृत अमृत सुबेदी,जग्गा ब्यवस्थापन संयोजक मुकुन्द प्रसाद शर्मा,जग्गादाता प्रेमनाथ शर्मा, तारानाथ शर्मा, विरबहादुर विश्वकर्मा र मिठु खत्री लगायत स्थानीय आमा समुह, यूवा क्लवका प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो ।

Leave a Reply