धौलागिरी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघको खुल्लातर्फको केन्द्रिय सदस्यमा म्याग्दीका कुविरकुमार श्रेष्ठको एकल उम्मेदवारी परेको छ। ५४औँ वार्षिक साधारण सभामा साविकको धौलागिरी अञ्चलका चार जिल्लाबाट एकल उम्मेदवारीसँगै गण्डकी प्रदेश र देशका विभिन्न उवासंघको सर्मथनले सहज भएको छ ।

म्याग्दी उवासंघका पूर्व अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका कार्यसमिति सदस्य समेत रहेका श्रेष्ठलाई महासंघको ५४ औ बार्षिक साधारण सभामा दिएको उम्मेदवारीमा मुस्ताङ, बागलुङ, पर्वतका साथै गण्डकी प्रदेशका अधिकांस उवासंघले प्रतिबद्धता जनाइसकेका छन् ।

श्रेष्ठ वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालको प्यानलबाट चुनावी मैदानमा छन् । ढकालको प्यानलमा मैदानमा उत्रिएका श्रेष्ठले महासंघको केन्द्रसम्मको पुरानो सम्बन्ध जोड्न आफुँले उम्मेदवारी दिएको बताए ।

यसअगाडी महासंघको उपाध्यक्षमा म्याग्दीकै उद्योगपति प्रमोद श्रेष्ठ निर्वाचित भइसकेको अवस्थामा म्याग्दी उवासंघको सम्बन्ध जिल्ला तथा नगर र बस्तुगततर्फ समेत राम्रो रहेको संघका द्धितिय उपाध्यक्ष राजेश शाक्यले बताए । गत चैत अन्तिम साता हुनुपर्नेमा कोरोना महामारी र बन्दाबन्दीका कारण दुईपटक स्थगित हुँदै आजदेखि सुरु हुन लागेको छ ।

Leave a Reply