घाँस काट्न गएको समयमा रुखबाट लडेर गम्भीर घाईते भएकी म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङ बुलकी १६ बर्षिया रममायाँ विकको उपचारमा प्रवासी मराङबासीले १ लाखभन्दा धेरै सहयोग गरेका छन् । उपचारपछि घर फर्किएकी विकलाई टच मराङ अष्टे«लियाले ६० हजार र टच मराङ जापानले ५१ हजार ५ सय रुपैयाँ सहयोग हस्तान्तरण गरेको स्थानीय यूवा दिपश शर्माले जानकारी दिए ।

सहयोग रकम स्थानीय डाँफे यूवा क्लवका अध्यक्ष पूर्ण गर्बुजाले हस्तान्तरण गरेका थिए । गएको कात्तिक १४ गते घर नजिकै घाँस काट्ने क्रममा लडेर हाल फेवा सिटी हस्पिटलमा शल्यक्रियापछि घर फर्किएकी थिईन् । नियमित औषधी सेवन तथा चेकजाँचका लागि उक्त सहयोग गरेको टच मराङले जनाएको छ ।फेवा सिटी हस्पिटलका हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा.दिवश क्षेत्रीले शल्यक्रियापछि नियमित औषधी सेवन र आवश्यकता अनुसार फलोअफ आवश्यक रहेको बताए । त्यस्तै सोही अवसरमा ज्ञान बहादुर केसीलाई डाँफे युवा क्लब अध्यक्ष पुर्ण गर्बुजा र प्रगति युवा क्लबका अध्यक्ष चक्र पुनले ६० हजार हस्तान्तरण गरेका थिए ।

 

Leave a Reply