कोभिड-१९ को संक्रमणको जोखिमले बन्द भएको बेनी नगरपालिका भित्रका विद्यालय मंसिर १४ गतदेखि बेनी नगरपालिकाका विद्यालय नियमित रुपमा खुल्ने भएका छन् । नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बिहिबार बसेको सर्वपक्षीय भेलाले आगामी आइतबारदेखि सुरक्षा मापदण्डको पालना गरेर विद्यालय खुलाउने निर्णय गरेको हो ।

जिल्ला समन्वय समितिको सभाहलमा आयोजित भेलामा सुरक्षा मापदण्डको कार्यान्वयनमा हेलचेक्राई गर्ने विद्यालयलाई कारवाहीको दायरामा समेत ल्याउने चेतावनी सहित विद्यालय खोल्ने निर्णय भएको नगरपालिकाका प्रबक्ता रामकृष्ण बराईलीले बताए । ‘जनस्वास्थ्यका मापदण्डको पालना गर्नुपर्छ,‘नियमित अनुगमन समेत हुन्छ’ बराईलीले भने ।

सर्वपक्षिय भेलामा संविधान सभा सदस्य रेशम बानियाँ, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, प्रमुख प्रशासकीय अधिृकत छविलाल सुवेदी, नगर कार्यपालिका सदस्य र विद्यालयका अध्यक्ष र प्रधानाध्यापकहरुको उपस्थिती रहेको थियो । जनस्वास्थ्यको मापदण्डको कार्यान्वयनका लागि आवश्यक तयारी समेत गर्न निर्देशन दिइएको छ ।

भेलाले विब्यस, अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारीलाई अनिवार्य मास्क, कोरोनाको लक्षण देखिएका विद्यार्थीलाई विदा लगायत बैकल्पिक ब्यवस्था, नियमित सरसफाई तथा भौतिक दुरीमा विषेश ध्यान दिन नगर प्रमुख श्रेष्ठले अनुरोध गरेका छन् । म्याग्दीका सबै स्थानीय तहले नियमति रुपमा सञ्चालन गर्ने थालेका छन् ।

Leave a Reply