म्याग्दीको मंगला गाउँपालिका-५, किमचौरकी ९ बर्षिया ब्लड क्यान्सर पिडित बालिकाको उपचारमा पोर्तुगलबाट डेढ लाखभन्दा बढी आर्थिक संकलन गरिएको छ। काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचारर्थ बालिका सरु विकको उपचारमा अर्मन किमचौरका दिपु फगामी मगरको नेतृत्वमा १ लाख ६५ हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।

गाउँकै विपन्न मनबहादुर र रन्जु विकले छोरीको उपचारमा थप उपचारमा रकम अभाव भएपछि फगामीले अभियानमार्फत उक्त आर्थिक जुटाएका थिए । बावियाचौरको डनिङ आवासीय माविमा कक्षा ३ मा अध्ययरत बालिका बेलाबेलामा विरामी हुने गरेपनि कान्ति बाल अस्पतालमा पुगेपछि मात्रै ब्लड क्यान्सरको समस्या देखाइएको थियो ।

तीनमहिनादेखि अस्पतालमा उपचारर्थ बालिकाको उपचारमा २० लाखभन्दा बढी आवश्यक रहेको पीडित बालिकाको परिवारको भनाई छ । नियमित औषधी, सेतो रगत लगायत आवश्यक खर्च हुने अस्पतालका प्रमुख डा. सुधिर सापाकोटाले बताए । सरु बचाउ अभियानमार्फत मुक्तिनाथ विकास बैंकको बेनी शाखामा खाता समेत सञ्चालन गरिएको छ । बालिकाको उपचारमा सहयोग जुटिरहेको छ।

Leave a Reply