म्याग्दीको बेनी नगरपालिका-९,मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिरको प्रवेशद्धार नजिकै चित्रकार मनोज तामाङ रोकिए ।

कोरोना (भाइरस) संक्रमणको जोखिमले गलेश्वर मन्दिरमा भक्तजनको उपस्थिति सुन्य भएपनि भक्तजनलाई बिक्री गर्न राखिएको पूजा साम्रागी भएको घर,गलेश्वरको परिचय दिने होडिङ बोर्ड र आसपासको वातावरण तामाङको लाइभ पेन्टिङसँग हुबहु मिल्यो ।

करिब ४५ मिनेटको अवधिमा तामाङले म्याग्दीका चित्रकारसँगै बसेर पेन्टिङ गरेका थिए । ग्लोरी फाइन आर्ट ग्रुपको निमन्त्रणमा बेनी आएका तामाङले बेनी नगरपालिका–१, रत्नेचौरमा समेत पेन्टिङ गरेका थिए ।

विभिन्न ठाउँमा पुगेर विभिन्न रङ्गले क्यान्भासमा रङ्ग्याउँन रुचाउने चित्रकार तामाङले बेनी आसपासका क्षेत्रमा अझै घुम्ने योजना बनाएको बेनीका चित्रकार ललिन्द्र मगरले बताए । ‘उहाँको लाईभ पेन्टिङबाट हामीले पनि सिक्ने अवसर पाएका छौ,‘उहाँको रमणीय वातावरणलाई चित्रमा नउतारी मनै मान्दैन’ मगरले भने । उनले चित्रकार तामाङले ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र घुमाएर दृश्य उतार्ने गरेकाले म्याग्दीका विभिन्न स्थानमा समेत पुग्ने योजना अन्तरग पहिलो चरणमा बेनी आसपासका क्षेत्रबाट सुरु गरिएको बताए। म्याग्दीमा ब्यवसायीक चित्रकारहरुको उपस्थितीले तामाङ उत्साहित समेत भएका छन् ।संस्था नै स्थापना गरी सार्वजनिक ठाउँमा कोरोना भाइरसबाट बच्ने र फैलिन नदिने उपायका बारेमा सन्देशमुलक भित्तेलेखनका साथै पर्यटकीयस्थल टोड्केमा लाईभ पेन्टिङ समेत गरेका थिए । बेनीमा सुरेन्द्र राना, ललिन्द्र थापा,अमृत श्रीपाली, प्रेम तामाङ, भिम विक, सुनिल बोहोरा लगायत ब्यवसायीक चित्रकलामा सक्रिय छन् ।

Leave a Reply