विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व रेकर्ड कायम गरेका पर्वतारोही एवम् का पूर्व गोर्खा निर्मल पूर्जा ‘निम्स’ (एमबीइ) निर्मल पूर्जाको आत्मकथा नेपालमा समेत सजिलै उपलब्ध हुने भएको छ ।

हिमाल आरोहणमा विश्वमै दुर्लभ किर्तिमानी कायम गरेका पूर्जाको पुस्तक नेपालमा अनलाइन सपिङ कम्पनी ‘दराज अनलाइन‘ बाट खरिद गर्न सकिने भएको छ । नेपालमा धेरै ग्राहक भएको दराजमार्फत पुस्तक नेपाली पाठकसामु पुर्याउने प्रयास भएको निर्मलका दाजु कमलबहादुर पूर्जाले बताए ।

‘नेपालबाट पनि धेरै माग आयो,‘अब सजिलै उपलब्ध हुन्छ’ उनले भने । संसारलाई चकित बनाउँदै पर्वतारोहणमा दुर्लभ किर्तिमानी राखेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दाना स्थायी घर भएका पूर्जाको ‘वियोण्ड पोसिबल’ बेलायत र नेपालमा सार्वजनिक भएलगत्तै ‘दराज अनलाइन’ मा माग भएको थियो ।

पूर्जाले हिमाल आरोहणका क्रममा भोगेका सुःख दुःखका अनुभव, संघर्ष, ‘प्रोजेक्ट पोसिबल’ अभियानका बारेमा पुस्तकमा उल्लेख गरिएको छ । ३८१ पेजको उक्त पुस्तक अहिले विश्वकै ठूलो अमेजन, वाटरस्टोन्स, डब्लुएच स्मिथमा समेत उपलब्ध छ ।

गतबर्षको बैशाख १० गते अन्नपूर्ण गाउँपालिकाकै नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालबाट विश्व किर्तिमानीको अभियान सुरु गरेका पुर्जा म्याग्दीमै रहेको सातौ अग्लो धौलागिरि हिमालको (८१६७ मि) आरोहण गर्ने पहिलो म्याग्देली समेत हुन्। उनले धौलागिरी हिमालमा विना अक्सिजन आरोहण गरेका थिए ।

विश्वकै अग्लो सगरमाथा, केटु, कञ्चनजंगा, ल्होत्से,मकालु,च्होयो, मनास्लु, नांगा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रो र अन्तिममा विश्वकै चौथौ अग्लो शिशापङ् (८०२७ मि) हिमाल आरोहण गरी किर्तिमानी कायम गरेका थिए । विभुषित पूर्जाले आरोहण गरेका १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछ ।

त्यस्तै, अरू पाकिस्तान र चीनमा पर्दछ । हालसम्म विश्वमा कुनैपनि आरोहीले छोटो समयमा दुई दर्जन हिमालको आरोहण गरेको विश्वमा नै रेकर्ड छैन् । आरोहणको क्रममा विभिन्न हिमालमा अलपत्र परेका आरोहीलाई उद्धार गरेर संसारभरी चर्चा कमाउनुभएका पूर्जाको नाममा करिब आधादजर्न किर्तिमानी छन् ।

Leave a Reply