बेनी अस्पतालमा स्थापना गरिएको सघन उपचार कक्ष (आइसियु) दरबन्दी अनुसारको जनशक्ती नआएपछि आन्तरिक रुपमा जनशक्ति ब्यवस्थापन गरी सञ्चालनमा आएको छ। आइसियूका बिरामीको चाप बढ्न थालेपनि जनशक्तीको उपलब्ध नहुदाँ अस्पतालले स्वास्थ्यकर्मीलाई खटाएर भेन्टिलेटरसहित आइसियु कक्षमा उपचार कक्ष सञ्चालनमा ल्याएको हो ।

गएको कात्तिक ४ गते बेनी नगरपालिका–९ घतानमा विष सेवन गरी गम्भीर अवस्थामा पोखरामा लगेर उपचार गरी चिकित्सकले आश मारेको भन्दै घर फर्काइएको बिरामीलाई अस्पतालमा आइसियु कक्ष सञ्चालन गरी उपचार भइरहेको बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

‘बिरामीका परिवारले नै मृत्यु भएको भन्दै घर ल्याएछन्,‘अवस्था गम्भीर नै छ, भेन्टिलेटरमै राखेर उपचार भइरहेको छ’ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले भने । अस्पतालबाटै सिकिस्त भएर पोखरा रिफर गरिएको बिरामी बेहोस अवस्थामा परिवारले घरमा ल्याउँदा बाटोमा शरीर चलेपछि अस्पतालमा भर्ना गरिएको अध्यक्ष कटुवालले बताए ।

यता आइसियूमा उपचारर्थ बिरामीका श्रीमान जुठे दमाईले दुई छोरा विदेशबाट आउने तयारीमा रहेकाले स्वास्थ्यमा सुधारको आश पलाएको बताए । ‘आश मारेको बिरामी बाटोमा चलेपछि सिधै अस्पतालमा ल्याइयो,‘केहीदिन देखि उपचार भइरहेको छ’ उनले भने । अस्पतालमा उपलब्ध सेवा पाएकोमा बाँच्ने आश पलाएपनि शुक्रबार थप गम्भीर भएको चिकित्सकलले बताएको उनको भनाई छ ।

गण्डकी प्रदेश सरकारमार्फत अस्पतालमा दुई वटा भेन्टिलेटरसहित पाँच शैया आइसियु कक्ष स्थापना गरिएको थियो । आइसियु कक्ष स्थापना गरिएको पाँच महिना भए पनि जनशक्ति नआएपछि नियमित रुपमा सञ्चालनमा आउन नसकेको जानकारी गण्डकी प्रदेश सरकारलाई समेत गराइएको छ ।

प्रदेश सरकारमार्फत रु एक करोड ७८ लाख बजेट विनियोजन भएकोमा बोलपत्रमार्फत रु एक करोड २५ लाखमा आइसियु र भेन्टिलेटरको उपकरण र सामग्री खरिद गरिएको थियो ।आइसियु कक्ष नियमितरुपमा सञ्चालन गर्नका लागि कम्तीमा एक÷एक जना इन्टरनल मेडिसिन र बेहोस बनाउने डाक्टर (एनएसथीसियोलोजिस्ट) आवश्यक छ ।

 

Leave a Reply