नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा म्याग्दीका कुविरकुमार श्रेष्ठ निर्वाचित भएका छन् । ५४औँ वार्षिक साधारण सभामा खुल्लातर्फबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका श्रेष्ठ निर्वाचित भएका हुन् ।

साविकको धौलागिरी अञ्चलका चार जिल्लाबाट एकल उम्मेदवारी दिएका श्रेष्ठ १८ जना केन्द्रिय सदस्यमा ११ औं स्थानमा ५८ मत ल्याएको म्याग्दी उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष राजेश शाक्यले बताए ।

म्याग्दी उवासंघका पूर्व अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका कार्यसमिति सदस्य समेत रहेका श्रेष्ठ वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालको प्यानलबाट चुनावी मैदानमा थिए । श्रेष्ठले महासंघको केन्द्रसँग टुटेको म्याग्दीको पुरानो सम्बन्ध जोड्न आफुँले उम्मेदवारी दिएको बताए ।

Leave a Reply