बावियाचौरको काफलचौरमा बोलेरो दुर्घटना १ को मृत्यु, ५ घाईते

0

म्याग्दीको मंगला गाउँपालिका-२, बावियाचौरको ताराखेतमा बोलेरो दुर्घटनामा एकको मृत्यु र ५ जना घाइते भएका छन्। बावियाचौर लाम्पाताबाट सल्लानतर्फ जाँदै गरेको अवस्थामा ताराखेत–भर्जुला सडकखण्डको काफलचौरमा दुर्घटना भएको थियो। ००१च ०२५२ नंको बोलेरो दुर्घटनामा ११ बर्षिया करिस्मा केसीको घटनास्थलमै मृत्यु भएको हो । मृतक केसी चालकखुमबहादुर कटुवालकी छोरी हुन् । दुर्घटनामा चालक सहित पाँचजनालाई थप उपचारका लागि बेनी अस्पतालतर्फ ल्याउँदै गरिएको घटनास्थलबाट लक्षमण आचार्यले जानकारी दिए । दुर्घटनामा घाईते हुनेमा राजन केसी, सुकला केसी, सनिता क्षेत्री कृपा क्षेत्री रहेका छन् । घाईतेको गाउँपालिकाको सवारीसाधन, ट्याक्सीमा बेनी तर्फ ल्याइएको छ ।घटनास्थलमा गाउँपालिका अध्यक्ष सतप्रसाद रोका सहित प्रहरीको टोली पुगेको छ । चालक कटुवालले आफ्नै परिवारका पाँच सदस्य सहित एक छिमेकीलाई लिएर घरतर्फ जादै गरेको अवस्थामा काफचौरको माथिल्लो घुम्तीबाट बोलेरो खसेको थियो । चालक कटुवालले तीन महिना अगाडी मात्रै बोलेरो किनेका थिए । घाईतेको शरीरका विभिन्न भागमा चोट लागेको छ ।

Leave a Reply