मंगला गाउँपालिका–२, काफलचौरमा बोलेरो जीप दुर्घटनामा घाईते जीपका चालक मंगला–२, का ३३ खोमबहादुर कटुवाल र उनकी श्रीमती ३० वर्षीया सुनिता क्षत्रीलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।लाम्पाटादेखि सल्यानतर्फ जाँदै गरेको प्र.२०३००१ च २५२ नम्बरको जीप दुर्घटनामा गम्भीर घाइते दुवैजनालाई पोखरा रिफर गरिएको बेनी अस्पतालले जनाएको छ ।जीप दुर्घटनामा परी जीपमा सवार मंगला–२, सल्यानकी ११ वर्षीया करिस्मा क्षत्रीको घटनास्थलमै मृत्यु भएको थियो ।दुर्घटनामा मंगला–२, का ४५ वर्षीया सुकला केसी, १० वर्षीया कृपा क्षत्री र ३० वर्षीय राजन केसी सामान्य घाइते छन् । सामान्य घाइतेहरुको भने अहिले बेनी अस्पतालमै उपचार भैरहेको छ ।

दुर्घटनामा परेर गम्भीर तथा सामान्य घाइते भएकाहरुको टाउँको, मेरुदण्ड, हातखुट्टासहित शरिरका विभिन्न ठाउँमा चोटपटक देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । दुर्घटनाको खबरलगत्तै घाईतेको गाउँपालिकाको गाडीमा बेनी अस्पतालमा ल्याइएको थियो । घाईतेको उद्धारमा गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष सिर्जना केसी लगायतले घाइतेको उद्धार गरेका थिए । परिवारका सदस्यलाई लिएर चालक आफ्नै बोलेरोमा घरतर्फ जाँदै थिए ।

Leave a Reply