सामान्‍यतया मानिसहरु आफ्नो दैनिकी अनदेखा गरिरहेका हुन्छन् जसले उसको जीवन शैली नै खतरामा पर्न जान्छ। हामी हरेक दिन निदाउँछौं। बिछ्यौनामा पल्टिन्छौ र बिहानी पख उठ्छौँ।विशेषतस् विहान जब तपाइको आँखा खुल्छ, तब के गर्नु हुन्छ त ? 

के नगर्ने, गर्ने के ?

१. बिहान ढिलासम्‍म नसुत्नुस्। ब्रम्हमू्र्तको समयमा उठ्नुस्। सूर्य उदाउनु अगाडि उठ्नु अत्याधिक राम्रो हुन्छ।

२.बिहान उठ्ने बित्तिकै बादविवाद गर्ने काम नगर्नुस्। मोबाइलबाट कुरा नगर्नुस्। त्‍यही अनुसार तपाईँको दिनको सुरुवात हुन्छ।

३.बिहान बिहान कसैमाथि रिस नदेखाउनुस्। कसैले काम बिगारेको छ भने नम्र भएर/सकारात्मक भएर सम्झाउने गर्नुस्।अपशब्द बोल्दै नबोल्नुस्।

४. बिहान बिछ्यौनामै पल्टेर टीभी हेर्ने बानी छ। अझ आजकाल त मोबाइल हेर्ने बानी चलेको छ। एउटा आँखालाई पनि घाटा छ भने बिहानै सामाजिक सञ्‍जाल वा च्‍यानलहरुले नेगेटिभ प्रभावहरु पारिरहेको हुन्छ। हत्‍या,हिंसा, बलात्कार वा अन्‍य जघन्‍य अपराधका समाचारले दिनको खराब सुरुवात हुन जान्छ। मोबाइल र टेलिभिजनमा बिहानै खराब सन्देश र समाचार नसुन्‍नुस्।

५. बिहान उठ्ने बित्तिकै ऐना नहेर्नु होला। धेरैको प्राय यही बानी छ। यसले तपाइको शरीरमा धेरै मात्रामा नेगेटिभ ऊर्जा, रोगको सम्भावना र भयको सम्भावना बढी शरीरमा उत्पन्‍न गराउँछ। बरु अफिस जाने समयमा वा फ्रेस भएर ऐना हेर्दा उपर्युक्त हुन्छ।

६. बिहान उठ्ने बित्तिकै घरको छत, बार्दलीमा गएर आफ्नो कमलो छाया वा अरु व्‍यक्तिको पनि हेर्दै नहेर्नुस्। छायाँ हेर्नाले पनि ऊर्जा नेगेटिभ बनाइदिन्छ तपाइको शरीरमा।

७.जनावरहरुको तस्बिर/फोटो रुममा राख्नु भएको छ भने कृपया हेरेर बस्ने काम नगर्नुस्। शास्त्रीय ढंगले जनावरहरुको तस्बिर हेर्न उचित मानिएको छैन बिहान बिहान।

८. दूध हालेको चिया खाँदै नखानुस्। यसले ग्‍यास्ट्रिक, ग्यास्ट्रिकले अल्सर अलसरले क्‍यान्सर हुन सक्छ। आजकाल त अझ बेड टी अर्थात ओछ्याउनमै चिया खाने धेरैको बानी हुन्छ। यो काम बन्द गर्नुस्। बरु बिहान मनतातो पानी खानुस्।

९. मसलेदार खाना नखानुस्। खैनी चुरोट र चिया खाँदै हुनुहुन्छ भने यी कामहरु प्रयोगमा ल्‍याउँदै नल्याउनुस्। तपाइ जे खानुहुन्छ, त्‍यस्तै बन्दै जानुहुन्छ।

१०.बिहान कालो चिया पिउनुस् वा तुलसीको पातको चिया। चिया चिनीको सट्टामा सख्खर प्रयोग गर्नुस्। नभए नगर्दा नि उत्तम हुन्छ।

बिहान उठेर यस्तो गर्ने बानी गर्नुहोस

भनिन्छ दिनको संकेत विहानले देखाउँछ । त्यसैले बिहान राम्रो काम गर्यो भने त्यो दिन निकै उत्तम रहने शास्त्रमा उल्लेख छ । दिनभरको काम शुभ बनाउन विहान केही काम अनिवार्य गर्न जुरुरी रहेको शास्त्रमा उल्लेख छ । विहान त्यस्ता कामले गर्दा तपाईको दिन शुभ रहने र आर्थिक अवस्थामा सुधार आउने विश्वास गरिदै आएको छ।

आज हामी तपाईलाई विहान उठ्ने गर्ने केही कामहरुका बारेमा जानकारी दिदैछौँ । जुन काम तपाईले विहान उठ्ने वित्तिकै गर्नु भयो भने तपाईको दिन शुभ मात्र हुने छैन आर्थिक अवस्थामा पनि सुधार हुँदै जानेछ।

१. तुलसीमा जल चढाउनु दिनहुँ बिहान नुहाई धुवाई गरेपछि तुलसीको बोटमा जल चढाउनाले देवी देवताको कृपा प्राप्त गर्न सकिन्छ भन्ने विश्वास छ । जुन घरमा तुलसी हुन्छ त्यसको रेख देख हुन्छ दिनहु पानी चढाईन्छ त्यहाँ सुख समृद्धि प्राप्त हुन्छ । तुलसीलाई भगवान विष्णुको प्रतिक मानिन्छ ।

२. सूर्यलाई जल चढाउनु शास्त्रहरुमा भनिएको छ जो मानिस दिनहुँ सूर्यलाई जल अर्पित गर्छ । घर परिवार वा समाजमा उसको मान सम्मान हुन्छ । राम्रो स्वास्थको लागि पनि यो कार्य गर्नु अनिवार्य मानिन्छ । अनुहारको चमकता बढ्छ। स्वास्थ्य सम्बन्धी धेरै कुरा प्राप्त गर्न सकिन्छ।

३.गाईलाई रोटी ख्वाउनुहोस् सक्नु हुन्छ भने बिहान खाना बनाउने समयमा पहिलो रोटी गाईलाई ख्वाउनुहोस् । हर दिन गाईलाई रोटी ख्वाउन सकियो भने कयौ समस्याहरू हट्दै जाने विश्वास छ । घरमा अन्न र धनको कमी हुन पाउँदैन भनिन्छ ।

४. योग एवं ध्यान गर्नुहोस् लामो समय सम्म स्वस्थ रहन र शरीरलाई पूmर्तिलो बनाइ राख्नको लागि सर्वश्रेष्ठ उपाय भनेको योगा हो। योगाले शरीरलाई धेरै किसिमका विमारीहरुबाट बचाउँछ। मानसिक स्थितिमा सकारात्मक प्रभाव पार्छ । ध्यानले क्रोधलाई नियन्त्रण गर्छ । मानसिक तनाब बाट मुक्ती दिलाउँछ । शरीरलाई रोग सँग लड्ने क्षमतामा वृद्धि गर्छ ।

५. घरको मन्दिरमा पूजा गर्नुहोस् हरेक दिन बिहान घरमा आपूmले स्थापना गरेको मन्दिरमा दियो बाल्नु अगरबत्ति जलाउनु उत्तम कार्य मानिन्छ । दियोको उज्यालो र अगरबत्तिको धुवाँले घरको वातावरणका नकारात्मक उर्जा खतम हुन्छ भने हरेक दिन विहान घरमा बत्ति बाल्नाले वास्तुका अनुसार पनि कयौं दोषहरु हट्छन् ।

बिहान उठेर कहिल्यै नगर्नुस् यि ७ काम

बिहान चाँडै उठ्नु राम्रो बानी हो । हामीमध्यये धेरै यस्ता पनि छौँ, जो बिहान उठेर पानी पिउने, मेडिटेशन गर्ने, व्यायाम गर्ने र बिहानको समय मर्निगं वाक गर्ने गछौँ । एकातिर यि सबै बानी स्वास्थ्य जीवनका लागि राम्रो हो भने अर्कोतिर केही यस्ता बानी पनि हुन्छन् जसले हाम्रो स्वास्थ्यमा नराम्रो असर पर्ने हुन्छ ।

हालै गरिएको एक सेर्वेक्षणका अनुसार, दिनको शुरुवात जसरी हुन्छ त्यसले हाम्रो पुरै दिनको लागि स्वास्थ्यलाई पनि प्रभावित गर्छ । यदि शुरुवात राम्रो हुन्छ भने पुरै दिन स्फूर्ति बनी रहन्छ ।

केही यस्ता बानी जसले हामीलाई स्वस्थ राख्छ भने केही यस्ता बानी पनि हुन्छन् जुन हामीलाई थाहा हुन्न र त्यसले हाम्रो स्वास्थ्यमा नराम्रो असर पारिरहेको हुन्छ । यस्तो अवस्थामा हामीले जान्नु जरुरी हुन्छ, बिहान उठेर के गर्नु नराम्रो हुन्छ जसले हाम्रो स्वास्थ्यलाई हानी पु¥याउन सक्छ ।

१. धूम्रपान

धूम्रपान कुनै पनि बेला गर्न सकिन्छ, धुम्रपान गर्नु स्वास्थ्यलाई नोक्सान पु¥याउनु हो । तर, बिहान उठ्ने बित्तिकै सिगरेट, बिडी पिउनु धेरै नै खतरनाक हुन सक्छ । यसले क्यान्सर हुने आशंका बढी हुन्छ ।

२.रक्सी

पिउनु कतिपयको बानी यस्तो हुन्छ जो बिहान उठेर आप्mनो दिनको शुरुआत रक्सी खाएर गर्ने गर्छन् । बिहान उठ्ना साथ रक्सी खानाले हाम्रो स्वास्थ्यमा असर पर्छ र हामी विभिन्न रोगको शिकार हुन सक्छौँ ।

३. रिसाउने झगडा गर्ने

दिनको शुरुआत सँधै सकारात्मक हुनु पर्छ । बिहान उठ्ना साथ कोही सँग पनि रिसाउने झगडा गर्ने बानीले तपाईमा नकारात्मक प्रभाव पर्ने र तनाव हुने हुन्छ ।

४. मसालेदार खाना

बिहानको समय मसालेदार खाना खानाबाट टाढै बस्नु पर्छ । मसालेदार खाना खानाले धेरै प्रकारका रोग लाग्ने हुँदा बिहान सकेसम्म पौष्टीकयुक्त खाना खानु राम्रो हुन्छ ।

५. कफी पिउने

संसारमै हेर्ने हो भने प्रायः सबै मानिसले आफ्नो दिनको सुरुवात गर्ने भनेको कफि खाएर हो । तर, विशेषज्ञहरुका अनुसार बिहान कफि पिउनाले कार्टिसोल (हर्मोनको नाम, जसले प्रोटीन र कार्बोहाइड्रेटको मेटाबोलिज्ममा सक्रिय भूमिका निर्वाह गर्छ) को मात्रा बढाउँछ । त्यसैले बिहान उठ्ने बित्तिकै खालि पेट कफि पिउनु राम्रो हुन्न ।

६. अशान्त हुने कार्यक्रम नहेर्ने

यदि तपाईँ बिहान उठेर टिभी हेर्ने गर्नु हुन्छ भने मनै अशान्त हुने भड्किलो कार्यक्रम नहेर्नुस् । यसले तपाईको मूड विगार्ने हुँदा तपाईको स्वास्थ्यलाई पनि असर पार्ने हुन्छ । भड्किलो कार्यक्रमले तपाईलाई तनाव पनि उत्पन्न गराउन सक्छ ।

७. उठेपछि फेरि सुत्ने

हामी मध्ये धेरैको बानी हुन्छ, जो बिहान उठ्न रुचाउँदैनौ । त्यस मध्ये केही यस्ता हुन्छौँ जो ओछ्यानबाट उठेर सोफा या अन्य कुनै ठाउँमा गएर सुत्ने गर्छौँ । यो बानी एकदमै नराम्रो बानी हो । यस्तो बानीले तपाईको निद्रा पुरा भएर पनि तपाईले फ्रेश अनुभव गर्न सक्नु हुन्न । जसले गर्दा तपाई दिनभर सुस्त देखिने र काममा पनि मन नलाग्ने हुन्छ ।

Leave a Reply