म्याग्दीको मंगला गाउँपालिका-५ अर्मन १५ शैयाको अस्पताल शिलान्यास गरिएको छ । अर्मन स्वास्थ्य चौकी नजिक रहेको ९ रोपनी क्षेत्रफलमा गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले अस्पतलाको शिलन्यास गरेका हुन् । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित नेपाल सरकारले स्थानीय तहमा सुविधासम्पन्न अस्पताल बनाउने गरी बजेट विनियोजन गरेपछि भवनको शिलन्यास गरिएको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगानाले बताए । भवनको शिलन्यास गदैं पालिका अध्यक्ष रोकाले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न आधुनिक सेवा सहितको भवन बनाउने बताए । ‘अस्तालको भवन समयमै सम्पन्न हुन्छ, स्थानीयलाई गाउँमै सेवा पाउनेछन्’ अध्यक्ष रोकाले भने । अर्मन स्वास्थ्य चौकी नजिकै रहेको भवनले गाँउपालिका भित्रका सबै ५ वटै वडाका बासिन्दालाई सहज हुने अध्यक्ष रोकाको भनाई छ । निर्माणकार्यलाई तिब्रता दिएर जिल्लामै सबैभन्दा पहिले अस्पतालको सेवा सञ्चालन गर्ने अध्यक्ष रोकाले बताए। संघीय सरकारको बजेट र डिजाइनमा स्थानीय सरकारलाई उपलब्ध गराइएको बजेट अनुसार काम गर्ने गरी ठेकेदारसँग समेत सुरुवातमै प्रतिबद्धता अनुसार कामको निगरानी गरिने गाउँपालिका उपाध्यक्ष सिर्जना केसीले बताईन् । अस्पतालमा आधारभूत उपचार, स्त्रीरोग, बालरोग र सामान्य शल्यक्रियासहितको सेवा दिइने गाउँपालिकाले जनाएको छ। मंगलामा १० करोड ८६ लाख ३६ हजारको लागतमा भवन बन्ने छ । र १५ शय्याको अस्पतालमा तीनजना मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मी खटिने जनाइएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा सोमबार नै शिलन्यास हुदैछ भने धवलागिरी र रघुगंगा गाउँपालिकामा पायक नपर्ने भन्दै स्थानीय आन्दोलित र असन्तुष्ट छन् ।

Leave a Reply