पूर्व लिखित सहमति अनुसार अस्पताल नबनाएको भन्दै म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीका स्थानीयले गाउँ प्रवेश गर्ने सडक नाका बन्द गरेका छन् ।

ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित नेपाल सरकारले स्थानीय तहमा सुविधासम्पन्न अस्पताल बनाउने गरी बजेट विनियोजन गरेपछि स्थानीयले धारापानीलाई बेवास्ता गरिएको भन्दै घरघरबाट निस्किएर पैदल र सवारीसाधन प्रवेश गर्ने नाका नै बन्द गरिदिएको स्थानीय अगुवा रिमप्रकाश थापाले बताए ।

‘यो नयाँ माग होईन्, पूर्वसहमति अनुसार नै स्थानीयले माग गरेका छन्’ थापाले भने । उनले गाउँपालिकाले अस्पताल बनाउने भन्दै स्थानीयलाई दिएको सहमतिबाट भाग्ने प्रयास गरेको भन्दै कडा आन्दोलनमा उत्रिन बाध्य भएको बताए ।

सडकमा ढुंगामुढा राखेर आन्दोलित भएका स्थानीयलाई पन्छाउँदै प्रहरीले सुचारु गर्ने प्रयास गरेपछि एक घर दुई सदस्य अनिवार्य नाकामा परिचालन भएको अर्का अगुवा तेजेन्द्र थापाले बताए ।

गाउँपालिकाले वडा नम्बर ७ ताकम स्वास्थ्य चौकीलाई स्तरोन्नती गरि अस्पताल निर्माण गर्ने गरि योजना अघि बढाउन थालेपछि सोही वडाका अर्को गाउँका बासिन्दा आन्दोलत भएका हुन् ।

गाउँपालिकाको केन्द्र कायम गर्दा गाउँपालिका स्तरीय १५ सैयाको अस्पताल धारापानीमा बनाउने गाउँसभाबाट भएको निर्णयबाट पछि हटेको भन्दै प्रशासनको दवावमा समेत स्थानीयले बाटो खुलाउन अस्वीरका गरेका छन् ।

स्थानीयले आन्दोलन तथा अस्पतालका बारेमा आइतबार नै प्रशासन र जिससमा ज्ञापनपत्र समेत बुझाइसकेका छन् । धवलागिरीमा ७ करोड ११ लाख ९८ हजार लागतमा भवन बन्दै छ । तीनजना मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मी सहित आधारभूत उपचार, स्त्रीरोग, बालरोग र सामान्य शल्यक्रियासहितको सेवा दिइने भवनको आइतबार नै ताकम स्वास्थ्य चौकीमा शिलन्यास हुदैछ । स्थानीयले आन्दोलन गरेपछि सवारीसाधन रोकिएका छन्

Leave a Reply