म्याग्दीको अन्नपूर्ण गाउँपालिका कोरोना भाइरसको ’नयाँ हटस्पट’ बनेको छ। सोमबार एकैपटक प्रहरी, जलविद्युत आयोजनाका मजदुर सहित स्थानीय गरी थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै प्रदेश ५ मा संक्रमण फैलिन सक्ने चुनौती देखिएको छ।

बेनी–जोमसोम सडकखण्ड अन्तरगत बाहिरी जिल्लाबाट आवतजावत, निर्माणधिन अवस्थामा रहेका जलविद्युत आयोजनामा विभिन्न जिल्लाबाट जलविद्युत आयोजनामा काम गर्न भित्रिने मजदुर र जिल्लाबाहिरबाट आवतजावत गर्ने स्थानीयमा कोरोना संक्रमण पुष्टीले जोखिम बढेको गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालका अनुसार सोमबार भुरुङ तातोपानी अन्नपूर्ण प्रहरी चौकी इन्र्चाज, अन्नपूर्ण–३ ५४ बर्षिय पुरुष ४५ बर्षिय महिला, मुस्ताङ घर भई हाल भुरुङ तातोपानी बस्ने ३६ बर्षिय महिला, भुरुङ तातोपानीमा बस्ने पुरुष ५० पुरुष, अन्नपूर्ण–३ दानाका २७ बर्षिय ३७ बर्षिय पुरुष रहेका छन् ।

अन्नपूर्ण गाउँपालिकाका प्रम्ुख प्रशासकीय अधिकृत नविन सुबेदीले एकैपटक धेरै संक्रमति देखिएसँगै चुनौती थपिएकाले अनिवार्य जनस्वास्थ्यको मापदण्डको पालना गर्न अनुरोध गरेका छन् ।

यता सोमबार अन्नपूर्ण बाहेक बैतडी घर भई हाल रघुगंगा जलविद्युतमा कार्यरत २६ बर्षिय पुरुष,गुल्मी घर भई हाल बेनीबजारमा बस्ने ३३ महिला,रुपन्देही जिल्ला घर भई हाल बेनी बस्ने ३४ बर्षिया पुरुषमा कोरोना पुष्टी भएको छ ।

नयाँ संक्रमति मध्ये एकजना बाहेक सबैको स्बाब बेनीबाटै पठाइएको थियो । कन्ट्रयाक्ट ट्रेसिङमा परेका धमाधम संक्रमति देखिन थालेपछि पुनः कोरोनाको जोखिम बढेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सोमबारका नयाँ संक्रमतिको ’ट्राभल हिस्ट्री’ समेत देखिएको छ । रुघा, खोकी लगायत स्वाशप्रस्वाशसम्बन्धी समस्या भएका बिरामी सहित २७ जनाको स्बाब संकलन गरिएकोमा ११ जनामा कोरोना पुष्टी भएको छ । हालसम्म म्याग्दीमा १ सय ४५ जनामा कोरोना पुष्टी भएकोमा सक्रिय संक्रमतिको संख्या १७ रहेको छ ।

Leave a Reply