श्रीमान र श्रीमती भनेको एक रथका दुइ पांग्रा हुन् भनिन्छ । जीवनभर एकअर्कालाई साथ दिने बाचा कसम खाएर जोडिएको एक प्रहरी अधिकृतकी श्रीमतिले श्रीमानबाट अन्याय भएको भन्दै न्यायको खोजी गरेकी छन् । प्रेमविवाह विवाह गरी कानुनी रुपमै मान्यता प्राप्त गरी सँगै बसेको अवस्थामा श्रीमानबाट पिडित भएको भन्दै न्यायको खोजीका लागि अपिल गरेकी छन् ।

बेनी नगरपालिका–७ विरेन्द्रचोक निवासी स्मृति शर्माले आफ्नो श्रीमान प्रहरी निरिक्षक धुब्र शर्माले बैवाहिक सम्बन्ध बिच बाटोमै आएर त्याग्न खोजेको भन्दै प्रहरी कार्यालयमै उजुरी दिएकी छन् ।

करिब ६ महिना अगाडी प्रेम विवाह भएको केहि महिनामै सम्वन्धमा खटपट आउन थालेपछि महिलाले प्रहरी निरीक्षक समेत रहेका श्रीमानबाट आँफु पीडित भएको भन्दै न्याय मागेकी हुन् । धार्मिक विधि अनुसार मन्दिरमा विवाह गरी बैवाहिक सम्बन्धमा बाँधिएका शर्मा दम्पत्तीको सम्बन्ध कानुनी उपचारका लागि जिल्ला अदालतसम्म पुग्ने अवस्था पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट सरुवा भई प्रहरी निरिक्षक शर्मा मंसिर पहिलो साता बैदाम प्रहरी चौकी पोखरामा खटिएका शर्माले जानकारी नदिई हिडको बताईन् । ‘मलाई न्याय चाहियो,‘श्रीमतिको सम्बन्धको रुपमा मैले कानुनी उपचारको खोजी सुरु गरेको छु’स्मृतिको भनाई उद्धित गदैं उनकी दिदी स्तुतिले भनिन्।

पटकपटक सहमतिको प्रयास गरी सम्बन्ध सुधारमा गरिएका प्रयास सफल नभएपछि न्यायको खोजीमा जान बाध्य भएको पीडितको भनाई छ। घरभित्रको झगडामा सिमित हुनुपर्ने अवस्थामा निरन्तर मानसिक तनावका कारण न्यायको खोजीमा हिडेको शर्माले बताईन् ।

‘पीडाका धेरै प्रमाणहरु छन्,‘अब न्यायको प्रतिक्षामा छौ’ उनले भनिन्। सरुवा भएर गएपछि एक्कासी सम्पर्कविहिन भएको अवस्थामा सम्बन्ध विच्छेदको तयारी गरेको र अलपत्र पारेको भन्दै पीडित शर्माले सामाजिक सञ्जाल र प्रहरी कार्यालयमा पुगेर खोजीकार्यको अपिल गरेकी थिईन् ।

सरुवा भएर गएको ८ दिनसम्म प्रहरी निरिक्षक शर्माले श्रीमतिलाई फोन समेत सम्पर्क नगरेकाले अलपत्र पार्न खोजेको पुष्टी भएको पीडितको भनाई छ । प्रहरी कार्यालयमा दिएको निवेदन अनुसार नै प्रहरी निरिक्षक शर्मालाई झिकाएर दुवैपक्ष बिच छलफल भएपनि सहमति नभएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताए।

‘प्रहरीबाट आवश्यक सबै सहयोग भएको छ,‘मेलमिलापको लागि हाम्रो अनुरोध मात्रै हो,‘कानुनी प्रक्रियामा गए कानुनले दिएको अधिकार प्रयोग गछौं’ प्रनाउ कुँवरले भने। उनले दुवै पक्षका आफ्ना तर्क भएपनि कानुन अनुसार जाँदा प्रहरी कार्यालयबाट कुनै अवरोध नभएको बताए ।

प्रहरीले दुबै पक्षलाई राखेर गरेको छलफलमा दुबै पक्षले एकले अर्कालाई दोषारोपण गरेका थिए । तत्कालिन समयमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक ध्रुव शर्मा बिच चिनजान हुँदै जाँदा प्रेम सम्बन्धमा बाँधिन पुगेको र आफुहरुबिचको घनिष्ट सम्बन्धकै कारण आफँुमा गर्भ रहन गएको र आफुहरुको विवाह पश्चात विभिन्न बाहाना बनाएर दबाब दिएर गर्भपतन गर्न बाध्य बनाएको स्मृतिले सार्वजनिक गरेकी छिन् ।

आफ्नो श्रीमानको रुपमा स्विकार गरेको र छुटीन नसक्ने समेत बताईन् । यता प्रहरी निरिक्षक शर्माले भने कानुनी रुपमा आफुँले विवाह गरिसकेपछि श्रीमतीको रुपमा स्वीकार गरेको बताए। ‘हामीबिचमा सुमधुर सम्बन्ध छैन्,‘मैले श्रीमति होइन भनेको छैन्,‘मैले श्रीमतिको रुपमै राख्न सक्छु,दम्पतीबिचमा खटपट आएकाले केहीसमय अलग्गै बस्न खोजेको मात्रै हो’उनले भने। ‘श्रीमान–श्रीमतिको सम्बन्धको रुपमा रहन तयार छु’ शर्माले भने ।

सहमतिको प्रयासका सबै ढोका बन्द भएको पीडित महिलाको आफन्तको भनाई छ। यता महिला अधिकारकर्मीले दुवैमा एकअर्काप्रति विस्वास नहुनुले यो अवस्था आएको बताउँदै सहमति गरेर सम्बन्धलाई निरन्तरता दिदाँ दुवैको हित हुने बताए । पीडितसँगको छलफलमा महिला अधिकारकर्मी ज्योती लामिछाने, बिमला गौचन लगायतले महिलालाई अन्यायमा राखेर हुने सहमतिलाई अस्वीकार गर्ने बताएका थिए ।

शर्मा दम्पत्तीले एकअर्कालाई विस्वास नगर्नु तथा शंका बढी गर्ने बानीले पनि सम्बन्धमा समस्या उत्पन्न भएको हुनसक्ने भन्दै महिलाको पक्षमा सहमति हुने गरी सहमतिका प्रयासको ढोका बन्द गर्न नहुने अधिकारकर्मीको भनाई छ । यता प्रहरी निरिक्षक पीडित शर्माको श्रीमतिको पक्षमा मंगलबार पुनः प्रहरी कार्यालय जाने तयारी भइरहेको छ ।

Leave a Reply