जिल्लाको मालिका गाउँपालिका–५, देविस्थानकी एक सुत्केरी महिलाको उपचारको क्रममा पोखरामा मृत्यु भएको छ । एक्कासी स्वासप्रश्वासमा समस्या भएपछि बेनी अस्पतालबाट थप उपचारका लागि पोखरा पठाइएको २२ बर्षिया मुना पुन बुढाथोकीको सोमबार दिउँसो गण्डकी अस्पताल पोखरामा मृत्यु भएको बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

‘यहाँ उपचार सम्भव नभएपछि पोखरा पठाइएको थियो,‘स्वासप्रश्वासमा समस्या देखिएकाले स्बाब संकलन गरिएको छ’ अध्यक्ष कटुवालले भने ।  गत कात्तिक ६ गते पोखराको गण्डकी अस्पतालमा शल्यक्रियागरी सुत्केरी गराईएकी वुढाथोकी १५ दिनपछि डिस्चार्ज भई घर फर्किएकी थिईन् ।

स्वास्थ्यमा समस्या आएपछि प्राथमिक स्वास्थ्य केन्द्र दरबाङ हुदै बेनी अस्पतालमा सोमबार विहान १० बजे ल्याएको केहीसमयपछि पोखरा पठाइएको थियो । यता परिवारका सदस्यले भने स्बाब संकलन नगरिएको बताएका छन् । यसअगाडी उपचारको क्रममा स्वाब संकलन गरिएको भनि अस्पतालबाट दिइएको जानकारी गलत भएको मृतकको परिवारको भनाई छ।

Leave a Reply