म्याग्दीको मंगला गाउँपालिका-२, त्रिभुवन मंगला माविका शिक्षक बालकृष्ण केसीले सोमबार एउटा भावकु स्टाट्स लेखे। फेसबुकमा पोष्टमा दशैंमा टिका लगाएर खिचेको र विद्यालयमा प्रार्थनामा बसेका विद्यार्थीको फोटो राखेर शिक्षक केसीले विद्यालयको प्राङ्गनमा अब कहिल्यै उपस्थित नहुने विद्यार्थीको बारेमा लेखेका छन् ।

आइतबार मंगला गाउँपालिका–२, लाम्पाटादेखि सल्यानतर्फ जाँदै गरेको बोलेरो जीप दुर्घटनामा ज्यान गुमाएकी सल्यानकी ११ वर्षीया करिस्मा क्षत्रीको बारेमा शिक्षक केसीले लेखेका शब्दले धेरैलाई भावुक बनाएको छ ।

विद्यालयमा सबैभन्दा बढी नियमित विद्यालयमा हाजिरी हुने, नियमित गृहकार्य गर्ने,अतिरिक्त क्रियाकलापमा सहभागीता जनाउने, पढाइमा मेहनति, अनुशासित विद्यार्थीको रुपमा चिनिएकी क्षत्रीको घरतर्फ जाँदै गर्दा काफलचौरमा दुर्घटनामा परी ज्यान गएको थियो ।

‘एउटा अनुशासित विद्यार्थीलाई दैबले लग्यो,‘साथीहरुका आँखा रसाएका छन्,‘विद्यालय परिवार नै स्तब्ध छ’ विद्यालयका केसीले । एउटा विद्यार्थीमा हुनुपर्ने सबै गुणले भरिपूर्ण विद्यार्थीलाई गुमाउनुपरेको शिक्षक केसीको भनाई छ । सहयोगी स्वभावको र नियमित गृह कार्य गर्ने विद्यार्थीको रुपमा चिनिने करिस्माको धेरै विद्यार्थीलाई उदाहरण समेत दिने गरिएको थियो ।

आइतबार लाम्पाटाबाट आफ्नै बुबा खोमबहादुर कटुवालले चलाएको बोलेरोमा बसेर हतार हतार विद्यालयमा पुग्ने गरी आएकी करिस्माको घटनास्थलमै ज्यान गएको थियो भने चालक बुबा, आमा सुनिता क्षत्री सहित पाँचजना घाईते भएका थिए ।

आफ्नै बोलेरो प्र. २०३००१ च २५२ नम्बरका चढेर घरतर्फ लागेका थिए । सुनिता सल्यानको विकास आधारभुत विद्यालयकी कार्यालय सहयोगी र उनकी दिदी सुकला केसी शिक्षक हुन् । कोरोना भाइरसको जोखिमका कारण बन्द भएका विद्यालय खुलेपछि विहान हतारहतार विद्यालय भेटाउने गरी लाम्पाटाबाट हिडेका थिए ।

दुर्घटनामा १० वर्षीया कृपा क्षत्री र ३० वर्षीय राजन केसी समेत घाइते छन् । दुर्घटनामा परेर गम्भीर तथा सामान्य घाइते भएकाहरुको टाउँको, मेरुदण्ड, हातखुट्टासहित शरिरका विभिन्न ठाउँमा चोटपटक देखिएको छ । म्याग्दीमा हरेक बर्ष सवारीसाधन दुर्घटनाका कलिला बालबालिकाले समेत ज्यान गुमाउने गरेका छन् ।

 

Leave a Reply