म्याग्दीको धवलागिरी गाउँपालिका-७ ताकममा ५ शैयाको अस्पताल शिलान्यास गरिएको छ । ताकम स्वास्थ्य चौकी स्तरउन्नतिको लागि स्वास्थ मन्त्रालय बाट स्वीकृत बजेटबाट बन्न लागेको भवनको सोमबार जग्गादाता रेशम थापा र धर्मपत्नी श्रीमती ज्ञानमती थापा र वडा सदस्य देब बहादुर थापाले शिलन्यास गरेका हुन् । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित नेपाल सरकारले स्थानीय तहमा सुविधासम्पन्न अस्पताल बनाउने गरी बजेट विनियोजन गरिएको थियो । संघीय सरकारको बजेट र डिजाइनमा स्थानीय सरकारलाई उपलब्ध गराइने ७ करोड ११ लाख ९८ हजार बजेटका हाल ७० लाख निकासा भइसकेको छ । १० रोपनी क्षेत्रफलमा बन्न लागेको अस्पतालमा एकजना मेडिकल अफिसर सहित १२ स्वास्थ्यकर्मीको दरबन्दी रहेको छ भने अस्पतालमा आधारभूत उपचार, स्त्रीरोग, बालरोग र सामान्य शल्यक्रियासहितको सेवा विस्तार गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । पूर्व लिखित सहमति अनुसार अस्पताल नबनाएको भन्दै म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानी भने आन्दोलित छन् ।

यता गाउँपालिकाले भने उक्त कार्यलाई अस्वीकार गदैं सहमतिमै अस्पताल बनाउने जनाएको छ। गाउँपालिकाले विज्ञप्ती निकालेर स्थानीयले गरेको कार्य अवैध भएको अध्यक्ष थमसरा पुनद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply