म्याग्दीको मंगला गाउँपालिका-५, किमचौरकी ९ बर्षिया ब्लड क्यान्सर पिडित बालिकाको उपचारमा अमेरिकाबाट साढे दुईलाख भन्दा बढी आर्थिक संकलन गरिएको छ।

काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचारर्थ बालिका सरु विकको उपचारमा अमेरिकाबाट यमन रोका मगर, प्रकाश थापा,खगेन्द्र विश्वकर्मा लगायतको पहलमा २ लाख ६८ हजार ९८३ रुपैयाँ संकलन गरी हस्तान्तरण गरिएको छ । गाउँकै विपन्न मनबहादुर र रन्जु विकले छोरीको उपचारमा थप उपचारमा रकम अभाव भएपछि फगामीले अभियानमार्फत उक्त आर्थिक जुटाएका थिए ।

बावियाचौरको डनिङ आवासीय माविमा कक्षा ३ मा अध्ययरत बालिका बेलाबेलामा विरामी हुने गरेपनि कान्ति बाल अस्पतालमा पुगेपछि मात्रै ब्लड क्यान्सरको समस्या देखाइएको थियो । तीनमहिनादेखि अस्पतालमा उपचारर्थ बालिकाको उपचारमा २० लाखभन्दा बढी आवश्यक रहेको पीडित बालिकाको परिवारको भनाई छ ।

नियमित औषधी, सेतो रगत लगायत आवश्यक खर्च हुने बताएपछि स्वदेश तथा विदेशबाट आर्थिक सहयोग संकलन भइरहेको छ। सरु बचाउ अभियानमार्फत मुक्तिनाथ विकास बैंकको बेनी शाखामा खाता समेत सञ्चालन गरिएको छ । पीडित बालिकाको स्वास्थ्यमा सुधार भएपनि उपचारमा थप सहयोग आवश्यकता रहेको परिवारले बताएका छन् ।

Leave a Reply