भ्रष्टाचार मुक्त नेपाल बनाउने महाअभियान जागौं नेपालको म्याग्दीमा मिडिया नेटवर्क गठन गरिएको छ ।सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा भएका राम्रो पक्षहरूको खोजी र हरेक बेथिति विरुद्ध खबरदारी गर्ने उद्देश्यले म्याग्दीमा पनि पबित्रा खत्रीको संयोजकत्वमा मिडिया नेटवर्क गठन गरिएको हो । नेटवर्कको सुस्मिता बानियाँले सह संयोजक र बिबेक चन्द ठकुरी सचिबको जिम्मेवारि पाएका छन् ।

म्याग्दीमा भइरहेका बेथिति विरुद्ध कलम चलाउने, लुकेका र लुकाइएका  कुराहरूलाई बाहिर ल्याउन नेटवर्क गठन भएको सचिब बिबेक चन्द ठकुरीले जानकारी दिए । सामाजिक क्षेत्रमा याेगदान दिइरहेका र  दिन सक्ने सामाजिक अभियान्ताहरुकाे  जिल्ला स्तरीय भेला चाडैं गर्न लागेको जानकारी दिदै खत्रीले राष्ट्र बनाउने अभियान मा सबैलाई जोडिन आव्हान गरिन ।

Leave a Reply