विद्युत सट हुँदा मंगलबार बागलुङ नगरपालिका वडा नम्बर ४ उपल्लाचौरमा रहेको कपास उद्योगमा आगलागि भएको छ । मंगलबार साँझ ५ः३० बजे उपल्लाचौरमा रहेको अस्मिता रिसाईक्लिङ कपास उद्योगमा आगलागि भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

उहाँले कपास उद्योगमा आगलागी हुँदा मेशिनसहित उद्योग संचालन गर्दै आएको टिनको छाप्रो समेत पूर्ण रुपमा जलेर नष्ट भएको बताउनुभयो । आगलागीबाट कति रकमको क्षति भएको विवरण आउँन बाँकी रहेको रेग्मीले बताउनुभयो ।आगो एक घण्टापछि स्थानीय, नेपाल प्रहरी र नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएको थियो ।

आगलागी हुँदा साथ बागलुङ नगरपालिकाको दमकमलाई खबर गर्दा ड्राइभर नभएको र दमकलमा पानी नभएकोले समय लाग्ने जानकारी भन्दै स्थानियहरुले गुनासो गरेका छन् । स्थानियहरुले आगलागी हुँदा साथ दमकल आएर आगो नियन्त्रणमा लिनुपर्नेमा ड्राइभर नभएको र पानी नभएको भन्दै ढिलाइ गर्दा क्षति बढेको बताए ।

Leave a Reply