प्रिय सपना सर्वप्रथम हार्दिक बधाई एवम् नव कार्यकालको अग्रीम शुभकामना । बि.बि.सी. बाट छानौट विश्वका १०० प्रभावशाली महिलामा पर्न सपल भएकी मित्र पूर्ण सलाम छ प्रेरणादायक तथा प्रभावशाली म्याग्देली नेपालकी छोरी ‘‘सपना रोका मगर”

राष्ट्रिय नारा ‘‘समृद्धि नेपाल सुखी नेपाल” लाई आत्मसाथ गर्दै, म्याग्दीमा नव स्थापित क्रियटिभ मञ्च म्याग्दी जसको मुल नारा ‘‘म संग एउटा सपना छ” रहेको नेपालमा क्रियटिभ मञ्च म्याग्दी नामक गैरसरकारी संस्था, स्थापना भएको यहाँहरुलाई अवगत नै छ ।

यसरी क्रियटिभ मञ्च म्याग्दीको पहिलो कार्य अन्र्गत सडक पुस्तकालयको बारे जानकारी एवम् समाचार बनाउने क्रममा म लगाएतको टिममा रिट्रोना बानियाँ र झरना गुरुङ्ग बेनी अनलाइनको कार्यालय पुगेका थियौ । उक्त समाचारको विस्तृत जानकारी गरासकेपछि बेनी अनलाइन का संस्थापक हरिकृष्ण गौतम दाजुको सुझाब सल्लाह बमोजिम म्याग्देली चेली सपना रोका मगरसंग सम्पर्क गरी म्याग्दीमा पनि मिलेर केही कार्यक्रम गर्न अनुरोध गर्नुभयो । सोही दिन म र सपना सामजिक संचालनमा जोडिन पुग्यौ ।

उक्त दिनमानै हाम्रो मोबाइल फोन माफत नै परिचय एवम् अन्र्तवार्ता भयो । यसरी नव स्थापित क्रियटिभ मञ्च म्याग्दी नामक संस्थाको बारे बुझे पछि उहाँले त्यस संस्थाको सदस्यता बन्न अनुरोध गर्नुभयो । सोही दिन अनलाइनको माध्यमबाट क्रियटिभ मञ्च म्याग्दी को आधिकारिक पेज एवम गु्रप च्याट मा नव सक्रिय सदस्यको रुपमा स्वागत कार्यक्रम गरियो ।

पहिलो भेट  (२०७७÷०७÷२० विहिबार)
चर्चित समाजसेवी, प्रखर वक्ता एवम् विद्यार्थी नेता हेमराज थापा लगायत व्यवारिसे व्यवस्थापन तथा पुर्नजीवन केन्द्रका संस्थापक अध्यक्ष श्री विनय जंग बस्नेत एवम् मिडियाको क्षेत्रबाट पाल्नुहुने युवराज थापा, प्रकाश पौडेल, सुमित चन्द ठकुरी लगायतका बाहिरी जिल्लावासी टिमसँग क्रियटिभ मञ्च म्याग्दी को ७ औं बैठक क्रियटिभ मञ्च परिवार तथा बेनी अनलाइन बाट हरि कृष्ण गौतम तथा नेपाल रेडक्रस सोसाइटी बेनी शाखाका प्रतिनिधि आदरणीय गुरु सुरज के.सी. तथा सपना रोका मगरको पनि विशेष उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रम बेनी नगरपालिकाको वडा नं. ८ स्थित न्यूरोड, ह्वाइट हाउस मा भएको थियो । उक्त दिन क्रियटिभ मञ्च म्याग्दीले आफ्ना विद्यान, उद्देश्य एवम् नव योजना सहित विभिन्न माध्यमबाट सार्वजनिक गरेकोे थियो । सो उक्त कार्यक्रममा क्रियटिभ मञ्च म्याग्दीलाई पहिलो सहयोगको रुपमा व्यवारिसे व्यवस्थापन तथा पुर्नजीवन केन्द्रको तर्फदेखि नगद रु. ५०००।– अक्षरुपी पाँच हजार रुपैयाँ मात्र सहयोग प्राप्त भएकोे थियो ।

दोस्रो भेट (२०७७÷०७÷२४ सोमबार)
यसरी क्रियटिभ मञ्च म्याग्दीको शाखा विस्तार कार्यक्रम गर्ने क्रममा मेरो पुनः भेट चितवनमा भएको थियो । व्यववारिसे व्यवस्थापन तथा पुनजीवन केन्द्र शाखा चितवनको लकडाउनमा नारायणी पुल मा व्यवारिसे एवम् सडकमा रहेका व्यक्तिहरुलाई खाना खुवाउने ठाउँमा हाम्रो पुर्नमिलन भएको थियो । उक्त कार्यक्रममा पनि हामी वेवारिसेलाई खाना खुवाउने कार्यक्रममा सहभागी भयौं ।

उक्त स्थानमा नै उक्त टिमलाई क्रियटिभ मञ्च म्याग्दी को तर्फबाट पनि ६ थान स्वयम् सेवक जर्सी र सर्जिकल मास्कहरु वितरण कार्य पनि गरियो । साथै व्यवारिसे व्यवस्थापन तथा पुर्नजिवन केन्द्र शाखा चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा समेत सहभागी भई विभिन्न कुराहरुको जानकारी लिइयो । यसरी उक्त चितवनको कार्यक्रम सम्पन्न भएपछि हामी २÷४ दिनको बसाइसंगै त्यहाँबाट फकियौं ।

तेस्रो भेट एवम् कार्यक्रम (२०७७÷०७÷२७ विहिबार)
चितवनमा भएको कर्यक्रम संगसैग हामी संयोगले पुनः पोखरामा पनि सानो कार्यक्रम जोडिन पुग्यौ । क्रियटिभ मञ्च म्याग्दी की सक्रिय एवम् बाल महासचिव रिट्रोना बानियाँको जन्मअवसर पारेर पोखरामा सडकमा फूल बेच्दै आफ्नो बहिनीलाई पढाउने २५ वर्षिय आदरणीय दाजु विवेक परियारलाई केही आर्थिक संगसंगै कोभिड–१९ स्वास्थ्य मापदण्डका केही सामग्रीहरु हस्तान्तरण गरियो । पोखराको लेकसाइडको कार्यक्रम सम्पन्न भएपछि खाना नास्ता गरेर हामी सोही दिन बेनी बजार फर्कियौ ।

चांैठो भेट एवम् कार्यक्रम  (२०७७÷०७÷२८ शुक्रबार)
पोखराबाट फर्किएको भोलिपल्ट विहानै ‘‘नेपाल सिनियर क्लव अफ जापान” का संयोजक आदरणीय दाजु याम खड्काद्धारा आएको अनुदान रकमलाई रघुगंगा गा.पा. ५ स्थित भिरकुना झीं गा.वि.स.का २ विपन्न परिवारलाई स्थानीय प्रतिनिधि एवम् समाजसेवी कै माध्यमबाट छनौट भएका परिवारलाई कुखुरा पालन (लोक्कल कुखुरा) का निम्ती रु. १÷१ लाख दिने गरेको र आवश्यक जिम्मेवारी वडा प्रतिनिधि एवम् टोड्के सुधार समितिलाई दिइयो ।

उक्त कार्यक्रम सम्पन्न भएपछि हामी खाना खाने क्रममा टोड्के रिर्सोटमा गएका थियौं । स्थानीय प्रतिनिधि एवम् वडा अध्यक्ष मनबहादुर शेरपुन्जा साथै टोड्के रिर्सोट प्रा.लि.का अध्यक्ष भीम शेरचन र मिनबहादुर पाईजा लगायतका समाजसेवीहरुको पहलमा सोही दिन बेलुका अनौपचारिक कार्यक्रम गरियो ।

उक्त दिन हामीहरुले त्यहाँका विकास कार्य एवम् योजनाहरुलाई कसरी अगाडी बढाउने भन्ने सन्दर्भमा छलफल गरिएको थियो । अन्ततः स्थानीयको राय सुझाव सल्लाह अनुसार व्यवारिसे व्यवस्थापन तथा पुर्नजीवन केन्द्र एवम् क्रियटिभ मञ्च म्याग्दी को तर्फबाट दोहोरो सहयोग गर्न गराउनुहुन अनुरोध गर्दै हामीले पनि आवश्यक कदम एवम् सहयोग गर्ने प्रतिबद्धता ग¥यौं ।

उक्त दिन अन्य पर्यटकहरुसंग पनि क्याम्प फायर मा समावेश भई बसियो । भोलीपल्ट फर्कने क्रममा हामीले त्यहाँका केही मुख्य भिडियो डकुमेण्ट्री एवम् फोटोहरु जम्मा ग¥यौं । साथै त्यही क्रममा माउण्ट एभरेष्ट का खेलकूद शिक्षक विशाल गोतामे सरको अनुरोधमा हामीले केही अन्र्तक्रिया समेत गरेका थियौं । र यसरी हाम्रो टोड्के को कार्यक्रम सम्पन्न भएपछि स्थानीय प्रतिनिधिहरु सँगै बेनी बजार झ्¥यौ । कार्यक्रमले गर्दा घर जान नसकेको धेरै समय भएपछि हामी उक्त दिन आ¥आफ्नो गाउँ तर्फ लाग्यौं ।

पाँचौ भेट एवम् कार्यक्रम (२०७७÷०८÷०४ विहिबार)
शुभदिपावली सकिएपछि हाम्रो पुनः भेट बेनी बजारको क्याम्पसचोकमा भएको थियो । उक्त दिनपनि रिट्रोना बानियाँकै तर्फबाट हाम्रो यस संस्थालाई नगद रु.२१००।– सहित जिन्सी सहयोग गर्ने क्रममा हामी पनि समावेश भएका थियौं । उक्त दिन बानियाँद्धारा यस क्रियटिभ मञ्च म्याग्दीलाई रु.१५०००।– बराबरको सहयोग प्राप्त भएको थियौं । यो क्रियटिभ मञ्च म्याग्दीलाई दोस्रो सहयोग हो ।

यसरी उक्त भेट एवम् कार्यक्रमपछि मेरो कक्षा १२ को परिक्षा साथै सपना यावत कारणले कुनै काम विशेष जिल्ला बाहिर एवम् राजधानी जानुपर्ने भएकोले अहिलेको समय परिस्थितिले हामी टाढिन बाध्य छौं ।

अन्त्यमा 
अन्तत्  यावत कारणले गर्दा हामी टाढिन गए पनि विभिन्न माध्यमबाट भने हामी निरन्तर सम्पर्कमा छौं । यसरी समग्रमा हेर्ने हो भने विभिन्न घरायसी समस्या एवम् सामाजिक चुनौतीहरुसँग सँगै कोभिड–१९ को यस विषम परिस्थितिमा पनि हामीले छोटो समयमा नै धेरै प्रभावकारी सामाजिक कार्यहरु मिलेर नै सम्पन्न गयौं । सायद हामी दुवैले सानो उमेरमानै धेरै संघर्ष अनि त्याग गरेर होला, हाम्रा कुराहरु एक आपसमा खुप मिल्दाजुल्दा थिए । हाम्रा प्रत्येक सोचहरु समान दृष्टिकोणका थिए ।

विभिन्न कार्य बमोजिम पनि हामी बचेका समयमा घरायसी, सुख, दुख साथ साथै ज्ञान एवम् संघर्षका कुराहरु साथ साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु नृत्य, संगीत, गजल, कविता, टिकटक, फोटो अडियो, भिडियो लगायतका कार्यहरु पनि निकै रमाइलो साथ गरियो । यसरी प्रिय मित्र सपना रोका मगर संग ती वितेका दिनहरु, प्रत्येक समय, प्रत्येक पल एवम् प्रत्येक कार्यक्रमहरु अविस्मरणीय छन् ।

सायद हाम्रो समाज प्रतिको सोच, कार्य, विवेक, विचार एवम् आचार शैली पनि एकै भएर होला सामाजिक काम एकै ठाम भने सरह हाम्रो मित्रता एवम् कार्यलाई अझ थप मजबुध बनाउनका निम्ति अवका प्रत्येक कार्यक्रम व्यवारिसे व्यवस्थापन तथा पुर्नजीवन केन्द्र, बेनी शाखा एवम् क्रियटिभ मञ्च म्याग्दी ले सहकार्य गरेर अगाडी बढाउने प्रतिवद्धता समेत गरेका छौं । यसरी हामी दुवै जना दुवै संस्थामा आवद्ध भएको छौं । अव छिट्टै नै म्याग्दीमा पनि व्यवारिसे व्यवस्थापन तथा पुर्नजीवन केन्द्रको शाखा आधिकारिक प्रक्रिया सहित भित्राउन गइरहेका छौं ।

तसर्थ एक असल मित्र एवम् एकै परिवारका सदस्य भएको नाताले हामी निरन्तर सामाजिक कार्यमा अग्रसर, निस्पक्ष, आत्मविश्वास एवम् व्यवहारिक रुपले समग्र राष्ट्रिय अभियानलाई समेत टेवापुग्ने गरी ‘‘समृद्धि नेपाल, सुखी नेपाल” लाई समेत आत्मसाथ गर्दै हामी निरन्तर अगाडि बढ्ने प्रतिज्ञा गर्दछौं ।
धन्यवाद ।

‘‘उही तिम्रो भलो चाहाने साथी”

 

Leave a Reply