कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको घटनाको विरोध गर्दै नेपाली कांग्रेस म्याग्दीले विरोध प्रर्दशन गरेको छ ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल तरुणदलको आयोजनामा विरोध प्रर्दशनसँगै जिल्ला प्रशासन कार्यलय अगाडी विरेन्द्रचोकमा आयोजित विरोध सभामा कांग्रेसलाई राज्यको शक्ती दुरुपयोग गरी दवाउन खोजेको भन्दै कडा प्रतिरोधको चेतावनी दिइएको थियो ।

नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मीले कांग्रेसका केन्द्रिय नेतालाई नियन्त्रणमा लिएर सर्वसत्तावादको उन्माद देखाउन खोजको बताए ।

‘राणा शासन र राजतन्त्रको बिरुद्धमा लडेको कांग्रेसलाई यो सरकारले दवाउने कल्पना नगरे हुन्छ,‘कांग्रेसले अव कडा प्रतिरोध गर्छ,‘सुरक्षा निकायलाई नेकपाले दुरुपयोग गरेको छ’ उनले भने । नेविसंघ र तरुणदलले बेनीबजारमा विरोध प्रर्दशनसँगै कोण शभामा नेविसंघका अध्यक्ष निर्मल खत्रीले सुरक्षाकर्मी र सरकारी कर्मचारीलाई आफ्नो जिम्मेबारीमा बस्न सचेत गराएका थिए ।

बिरोध प्रर्दशनको क्रममा सहभागिहरुले वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको भन्दै आलोचना गरेका थिए । तनहुँको घटना लोकतान्त्रिक व्यवस्थाको उपहास भएको भन्दै लोकतन्त्र प्रेमीहरुलाई आन्दोलित हुन अपिल समेत गरिएको तरुणदल म्याग्दीमा सभापति मुकुन्द छन्त्यालले बताए । तरुणदलले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको छ ।

Leave a Reply