बैदेशिक रोजगारको शिलसिलामा यूएईमा बाटो काट्ने क्रममा गाडीले ठक्कर दिँदा गम्भीर घाईते हुनुभएका म्याग्दीको रघुगंगा गाउँपालिका-४,दग्नामका सुक बहादुर सुनारको उपचारमा साढे दुईलाख भन्दा बढी आर्थिक सहयोग गरिएको छ ।

गम्भीर घाईते अवस्थामा उद्धार गरी यूएईको दुईवटा सुविधा सम्पन्न अस्पतालको अति सघन कक्षमा उपचारपछि घर फर्किएका सुनारलाई हङकङबाट ममता थापा र कमल पुनको सहकार्यमा २ लाख ५७ हजार ५ सय १० रुपैयाँ न्यूज २४ टेलिभिजनका पोखरा ब्यूरो प्रमुख उत्तम पौडेलमार्फत पोखरामा सन्तोष पुन लगायतको उपस्थितीमा हस्तान्तरण गरिएको छ ।

नेपाल फर्किएपछि नियमित उपचार, औषधीमा आर्थिक अभाव भएपछि परिवारले सहयोगको याचना गरेको समाचार बेनीअनलाइन र न्यूज २४ टेलिभिजनको सिधा कुरा जनतासँग कार्यक्रममा प्रशारण भएको थियो ।

शेख खलिफा अस्पतालमा उपचार गर्दा पनि सुधार हुन नसकेका सुनारको बारेमा न्यूज २४ टेलिभिजनको सिधा कुरा जनतासँग कार्यक्रममा समाचार प्रशारण भएपछि नेपाली दुतावासको पोखरासम्म ल्याइएपनि परिवारका सदस्यले गतिलो उपचार प्रबन्ध गर्न सकेका थिएनन् ।

दुबई स्थित शेख खलिफा अस्पतालमा एक वर्ष सम्म कोमामा राखेर उपचार गरिएको थियो। कम्पनीको काम सकेर कोठामा जाने क्रममा घाईते भएका सुनारलाई अचेत अवस्थामा लामो समयसम्म कोमामा उपचार गरिएपनि निको नभएपछि घरमा ल्याइएको श्रीमति दिलकुमारीले बताउनुभयो।

पोखराको हरियोखर्क अस्पतालमा उपचारका लागि ऋण खोज्नुपर्ने अवस्था आएकाले बाध्य भएर सहयोग जुटाएर भएपनि उपचार गर्नुपर्ने अवस्था आएको दिलकुमारीको भनाई छ। यूएईमा क्षर्तीपूर्तीको माग गदै अदालतमा मुद्धा दर्ता गरिएपनि कुनै खवर नआएको भन्दै सहयोग गर्न त्यहाँ रहेका म्याग्देलीलाई समेत दिलकुमारीले अनुरोध गर्नुभएको छ ।

टाउकोमा गम्भीर चोट लागेको र हातखुट्टा चल्ने अवस्था नभएकाले एक छोरा, दुई छोरीको शिक्षादिक्षा सहित घर खर्च चलाउन समेत समस्या भएको छ। घाईते सुनारलाई गएको भदौ महिनामा नेपाल ल्याइएको थियो । सुकबहादुरको कमाईले नै श्रीमति, छोराछोरीका साथै घरपरिवारमा आमाबुबा लगायत अन्य सदस्यको खर्च चल्ने गरेको थियो ।

Leave a Reply