म्याग्दीको मालिका गाउँपालिका-१,निस्कोट जुवाङ गाउँकी एक महिला काखे बालक र एक छोरीलाई घरमै छोडेर दोस्रो विवाह गरिन् । बैदेशिक रोजगारीमा रहेकै अवस्थामा श्रीमतिले विवाह गरेर अन्यत्रै गएपछि सहाराविहीन बनेका छोराछोरी सम्हाल्न आएका चित्रबहादुर पुनको घर फर्किएको केही महिनामै दुवै मृगौलामा खरावी देखिएपछि उपचारर्थ पोखरामा छन् ।

८० बर्ष नाघेका बृद्ध लालबहादुरले आँखा देख्दैनन् । बुहारीले दूध चुस्ने बालकलाई समेत छोडेर गएपछि लालबहादुरले आफन्त र छिमेकीको सहयोगमा हुर्काउदै आएका छन् । नियमित डायलसिस,औषधि–उपचारकै अभावमा जीवन मरणको दोसाधमा पुगेका चित्रबहादुरलाई छोराछोरीको शिक्षादीक्षामा मात्र होइन, गाँसबासकै समस्या भएको छ ।

३ बर्षिय धिरन, ८ बर्षिया ज्ञानु पुनलाई कापी कलम, खाने अन्न र लगाउने कपडा नहुदाँ समस्या भइरहेको छ ।‘घरको अन्नबालीले खान पुग्दैन,‘यतिबेला छोराछोरीको भोको पेट र शिक्षादिक्षा कसरी गने चिन्ताले सताउन थालेको छ’ मृगौला पीडित चित्रबहादुरले भने ।

विदेशमा गएर धन कमाएर घरव्यवहार धान्ने गरेको अवस्थामा आफूँ नै बिरामी भएर फर्किनुपर्ने अवस्थामा कमाएको धन समेत सदुपयोग नहुदाँ छोराछोरीको शिक्षादिक्षामा समस्या भएको उनले बताए । ‘रोग र भोक सहेर सुत्न सकेपनि साना छोराछोरीलाई भोकै सुताउन मनले मान्दैनन्’ चित्रबहादुरले भने ।

उनले बृद्ध बुबाले आँखा नदेख्ने गरेको अवस्थामा बहिनीको सहयोगमा घर रेखदेख गरेपनि छोराछोरीको पढाईको चिन्ताले भोक र निन्द्रा समेत नलाग्ने बताए । ‘जन्म दिएका छोराछोरीलाई हुर्काउने बेलामा रोगले थला परे,‘दुखसुखमा साथ दिने श्रीमतिले पनि छोडेर गईन्’ उनले भने ।

छोरीको पढाई राम्रो भएपनि पढ्ने वातावरण घरमा नभएको बताए । आफ्नो उपचारका लागि स्वदेश विदेशमा रहेका निस्कोटबासीले सहयोग गरेपनि छोराछोरीको शिक्षादिक्षाका लागि कतैबाट सहयोग नआएको बताए । निस्कोटका यूवा भबहादुर पुनका अनुसार स्थानीयले एक बोरा चामल, दुई पोका नुन र तेल दिएपनि सकिने अवस्थामा रहेको बताए । उनले घरको अवस्था देखेर निकै दुख लागेको बताए । दुबै बालबालिकाको शिक्षादिक्षा तथा संरक्षणको अभियान सुरु गरिएको छ ।

Leave a Reply