म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि म्याग्दीमा शुक्रबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द पोखरामा गरिएको पिसिआर परीक्षणमा बेनी नगरपालिकामा बस्ने ९ जनामा कोरोना पुष्टी भएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए । बेनी अस्पतालमा कोरोनाको लक्षणसँग मिल्ने विरामीमा कोरोना पुष्टी हुने गरेको छ । म्याग्दीमा समेत लक्षण सहितका संक्रमति भेटिन थालेका छन् ।
म्याग्दी जिल्लामा कोरोना संक्रमितको संख्या १५४ पुगेको छ । कन्त्याक्ट ट्रेसिङमा परेका र शकास्पद बिरामीहरुको मिति २०७७।८।१६ गते संकलन गरिएका १४ वटा नमुनाको पिसिआर रिपोर्ट अनुसार गुल्मी, तनहुँ र रुपन्देही स्थायी ठेगाना भई हाल बेनी बजार बस्ने वर्ष ३४, ३२ र ३४ का ३ जना पुरुष, बाग्लुङ ठेगाना भई हाल बेनी बजार बस्ने वर्ष ४४ का १ जना पुरुष तथा बेनी ७ बस्ने वर्ष ४०, १०, ३२ र ४८ का ४ जना पुरुष तथा बेनी १ का वर्ष ३० का १ जना पुरुष गरी जम्मा ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

Leave a Reply